कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीर, त्रिवि शिक्षण र बीपीकेआइएचएस धरानका रेजिडेन्टद्वारा आकस्मिक बाहेकको सेवा बहिष्कार

अतुल मिश्र

काठमाडौँ — त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल बीपीकेआइएचएस धरानका रेजिडेन्ट डाक्टरहरुले आकस्मिक बाहेकको सेवामा सरिक नहुने जनाएका छन् ।

वीर, त्रिवि शिक्षण र बीपीकेआइएचएस धरानका रेजिडेन्टद्वारा आकस्मिक बाहेकको सेवा बहिष्कार

नेशनल रेजिडेन्ट डाक्टर्स एशोसिएसन, त्रिवि शिक्षण, रेजिडेन्टस एशोसिएसन अफ न्याम्स, वीर अस्पताल र जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले विज्ञप्ति जारी गर्दै आकस्मिक र आइसियु बाहेकका सबै सेवा बहिष्कार गर्ने जनाएका हुन् ।


नेशनल रेजिडेन्ट डाक्टर्स एशोसिएसन ,त्रिवि शिक्षण अस्पतालका अध्यक्ष डा.सुमित पाण्डेले शिक्षण, वीर र बीपीकेआइएचएस धरान तीनै ठाउँमा सोमबारदेखि नै आकस्मिक बाहेकको सेवामा रेजिडेन्ट चिकित्सक सहभागी नरहेको बताए ।


डा. पाण्डेका अनुसार ओपीडी, इनडोर, आउटडोर, ड्रेसिङ्ग, डिस्चार्ज, इलेक्टिभ ओटी, राउन्ड, रेडियोलजिकल, पैथोलजिकल, रेकर्डिङ तथा रिपोर्टिङ, इमर्जेन्सी बाहेकका अल्ट्रासाउण्ड, लगायत सबै गैर आकस्मिक सेवामा पूर्ण रुपले रेजिडेन्ट डाक्डरहरु उपस्थित हुने छैनन् ।

प्रकाशित : श्रावण ७, २०७५ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?