कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कानुनमन्त्री तामाङद्वारा राजीनामा

काठमाडौँ — कानुन, न्याय, तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले मंगलबार पदबाट राजीनामा दिएका छन् । आफ्नै अभिव्यक्तिका कारण आलोचित बनेका मन्त्री तामाङले मन्त्रालयमा दिउँसो पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन् । उनले आजै प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा पत्र बुझाइने बताए ।

कानुनमन्त्री तामाङद्वारा राजीनामा

बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुको बारेमा दिएको अभिव्यक्तिका कारण पार्टी बाहिर र भित्र दवावमा परेका कारण उनले राजीनामा दिएका हुन् ।


मन्त्री तामाङले आफू पदभन्दा पनि प्रतिष्ठाको खातिर काम गर्ने व्यक्ति भएकाले नैतिकताको आधारमा राजीनामा दिएको समेत स्पष्ट पारे । राजीनामा घोषणा गर्नुअघि मन्त्री तामाङ पत्रकार र मन्त्रालयका कर्मचारीबीच भावुक बनेका थिए ।

पत्रकार सम्मेलनमा मन्त्री तामाङले गुनासो गर्दै आफ्नो भनाइलाई टाउको र खुट्टा काटेर अतिरञ्जित गरी सम्प्रेषण गरिएको आरोप लगाए ।


नेकपाको सचिवालय बैठकमा नेताहरुले उनलाई राजीनामा गराउने बिषयमा सोमबार राती कुराकानी भएको थियो । उनको अभिब्यक्तिलाई लिएर सामाजिक सञ्जालमा पनि उनको व्यापक अालोचना भएको थियो ।

वर्तमान सरकारको समृद्धि नेपाल र सुखी नेपालीको नारामार्फत देश विकासको पूर्वाधार खडा गर्ने काममा आफू प्रतिबद्धता रहेको उनले जनाए ।

प्रकाशित : श्रावण ८, २०७५ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?