कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मुद्दा नै मन्त्री बन्ने योग्यता’

जनकपुर — राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले हत्या मुद्दा नै प्रदेशसभा सांसद अभिराम शर्माको राज्यमन्त्री बन्ने योग्यता रहेको बताएका छन् । 

‘मुद्दा नै मन्त्री बन्ने योग्यता’

तेस्रो मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन बिकलाई घाइते अवस्थामा एम्बुलेन्सबाट थुँतेर हत्या गरेको अभियोग लागेका शर्मालाई प्रदेश २ को राज्यमन्त्री बनाउन राजपाले सिफारिस गरेको छ । ‘मधेस आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकाले शर्मालाई प्रदेश २ को राज्यमन्त्री सिफारिस गरिएको हो,’ यादवले भने, ‘राज्यले फसाउनका लागि चलाएको मुद्दा नै उनको राज्यमन्त्री बन्ने योग्यता हो ।’


उनले अधिकारका लागि आन्दोलन गर्दा शर्मालाई राज्यपक्षबाट मुद्दा लगाएर फसाउन खोजिएको आरोप लगाए । ‘शर्मामाथि मधेस आन्दोलनका क्रममा भएको घटनामा आरोपित बनाइएको छ, कुनै नैतिक पतनको मुद्दा होइन,’ उनले भने । मधेस आन्दोलनका क्रममा लगाइएको मुद्दा सरकारले फिर्ता लिने सहमति गरेको यादवको दाबी छ ।


प्रकाशित : श्रावण ८, २०७५ २२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?