तस्बिरमा पहिलो 'पेपरलेस' मन्त्रिपरिषद् बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा पहिलोपटक स्वचालित प्रणालीबाट पेपरलेस मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार पहिलोपटक स्वचालित प्रणालीमा मन्त्रिपरिषद् बैठक बसेको हो । प्रधानमन्त्री केपी ‌ओलीको पहलमा मन्त्रिपरिषद् बैठकलाई स्मार्ट बनाइएको हो ।

बैठकमा पेस हुने विषयवस्तु र छलफललाई चुस्त, सटीक र प्रभावकारी बनाउन मन्त्रिपरिषद् कार्यालयले बैठक कक्षमा ‘अटोमेसिन सिस्टम’ जडान गरेको बताएको छ ।

Yamaha









तस्बिर सौजन्य : प्रधानमन्त्रीको निजी सचिवालय

प्रकाशित : श्रावण १०, २०७५ १८:३३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

इन्टरनेटको भाउ नबढ्ने

कर्पोरेट ग्राहकले भने अतिरिक्त १३ प्रतिशत तिर्नैपर्ने
विजय तिमल्सिना

काठमाडौँ — सरकारले इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार शुल्क लगाएपछिपनि इन्टरनेटको मूल्य नबढ्ने भएको छ । बिहीबार सञ्चार मन्त्रालयमाभएको वार्तामा इन्टरनेट सेवाप्रदायक र मन्त्रालयबीचमूल्य समायोजन गर्ने सहमति भएको हो ।

सहमतिअनुसार अब सेवाप्रदायकले उपभोक्ताबाट दूरसञ्चार सेवाशुल्कबापतको १३ प्रतिशत अतिरिक्त शुल्क लिने छैनन्।

उनीहरुले पहिले उपभोक्तासँग लिँदै आएको मूल्यबाटै दूरसञ्चार सेवा दस्तुरको रकम सरकारलाई बुझाउनेछन्।

यो सहमति घरायसीप्रयोगको लागि इन्टरनेट किन्ने उपभोक्तालाई मात्रै लागू हुनेछ। कर्पोरेट ग्राहकले भने अतिरिक्त १३ प्रतिशत तिर्नुपर्ने हुन्छ।

दूरसञ्चार सेवाप्रदायकहरुले सरकारले १३ प्रतिशत दूरसञ्चार शुल्क लगाएपछि उक्त शुल्क उपभोक्ताबाट लिन सुरु गरेका थिए। सरकारले दूरसञ्चार शुल्क लगाएपछि इन्टरनेट महँगिएको भन्दै चर्को विरोध भएको थियो।

सरकारले मूल्य समायोजनको लागि सेवाप्रदायक, नेपाल दूरसञ्चार प्राधिकरण र मन्त्रालयकाअधिकारी सम्मिलित समिति गत शुक्रबार गठन गरेको हो।

समितिले सरोकारवालासँग छलफल गर्दै मूल्य समायोजनको निश्कर्ष निकालेको हो।

कसरी भयो भयो सहमति?

इन्टरनेट सेवा प्रदायकले उपभोक्तासँग इन्टरनेट सेवा दिएबापत इन्टरनेटको शुल्कका अतिरिक्त मर्मत सम्भार, अनुगमन, सहायता जस्ता शीर्षकमा ६ सय रुपैयाँसम्म लिँदै आएका छन्। सरकारले उक्त शीर्षकमा दूरसञ्चार सेवा शुल्क नलाग्ने र वास्तविक इन्टरनेट शुल्कमामात्रै १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लिने प्रतिबद्धता जनाएपछि सहमति जुटेको हो।

हेरौं सहमति पत्र।



प्रकाशित : श्रावण १०, २०७५ १८:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT