कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुमाए छोराछोरीसहित पत्नी

चुम्लिङटार बस दुर्घटना
रमेशकुमार पौडेल

काठमाडौँ — काठमाडौंका विभिन्न होटलमा प्रबन्धकको जागिर खाँदै आएका विष्णु सतुंगलमा बस्छन् । ‘अस्ट्रेलिया पढ्न जाने भिसा लागेपछि छोरो सुमितको आउँदो शुक्रबार फ्लाइट थियो ।

गुमाए छोराछोरीसहित पत्नी

चितवन– सातापछि छोरा अस्ट्रेलिया जाने पक्कापक्की भएपछि काठमाडौं बस्दै आएका विष्णुकुमार श्रेष्ठ शुक्रबार बिहानै सपरिवार यात्रामा निस्के । पुख्र्यौली थलो तनहुँको भन्सार भएकाले उनको योजना थियो, पत्नी, छोरा र छोरीसहित मनकामना मन्दिर दर्शन गर्ने । त्यसपछि तनहुँमा आफन्त भेटेर काठमाडौं फर्किने ।

तर उनी चढेको बस मनकामना पनि पुग्न पाएन । त्योभन्दा केही किलोमिटर वरै शुक्रबार मध्याह्न उनी चढेको ना६ख २५०६ नम्बरको बस ना५ख ७४०९ नम्बरको ट्रकसँग ठोक्कियो । सोही दुर्घटनामा विष्णु पत्नी, छोरा र छोरी गुमाएर एक्लो भएका छन् । उक्त दुर्घटनामा परेर विष्णुकी ४७ वर्षीया पत्नी कमला श्रेष्ठ, २७ वर्षका छोरा सुमित र १८ वर्षकी छोरी कविनाको मृत्यु भएको छ । भरतपुरको पुरानो मेडिकल कलेज शिक्षण अस्पतालको आईसीयूमा उपचार गराइरहेका ५१ वर्षीय विष्णुलाई कमला, सुमित र कविनाको अवस्था के छ कसैले जानकारी दिन सकेको छैन । उनको छातीमा गम्भीर चोट छ । ‘बस पल्टेपछि दाइ घाइते हुनुभयो । भाउजू, छोरी र छोराको ज्यानै गयो । दाइलाई गम्भीर चोट लागेकाले उहाँलाई परिवारका बारेमा हामीले केही भनेका छैनौं । कुरा फुत्काउँछन् कि भनेर डाक्टरले भेट्न पनि दिएका छैनन्,’ विष्णुका भाइ ओमकुमार श्रेष्ठले भने । तनहुँ भानु नगरपालिका–१ भन्सार मूल थलो भए पनि विष्णुको परिवार सात–आठ वर्षदेखि काठमाडौंमा बस्दै आएको थियो ।

जाने पक्कापक्की भएपछि मनकामना दर्शन गर्न भनेर सबै आउनुभएको हो,’ ओमकुमारले भने ।

प्रकाशित : श्रावण १३, २०७५ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?