कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विपद्का घटनाबाट वैशाखयता ४ सय ५५ को मृत्यु

रासस

काठमाडौँ — चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४ सय ५५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ देखि साउन १२ सम्म डुबेर, आगलागी, डुंगा सवार, बाढी, पहिरो, लेक लागेर, चट्याङलगायतका विपद्का घटनाबाट ज्यान गएकाे हो । 

विपद्का घटनाबाट वैशाखयता ४ सय ५५ को मृत्यु

गृह मन्त्रालयको राष्ट्रिय आपत्‌कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख शंकरहरि आचार्यका अनुसार यस अवधिमा डुबेर २ सय ७२, डुंगा पल्टिएर एक, आगालागीबाट १०, बाढीबाट २८, पहिरोबाट ४३, वर्षात्‌बाट ७, लेक लागेर १२ र चट्याङबाट ४० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ सय ९ पुरुष र १ सय ४६ जना महिला छन् ।


यस्तै विपद्का घटनामा ७२ जना बेपत्ताका साथै २ हजार २ सय ३० जना घाइते भएका छन् । साथै, तीन हजार ७ सय ७५ घर प्रभावित, २ सय १ गोठमा क्षति पुगेको छ । यो वर्ष मात्र विपद्‌बाट एक अर्ब ९४ करोड ८४ लाख १८ हजार बराबरको क्षति पुगेको मन्त्रालयले जनाएको छ ।


गतवर्ष विपद्‌बाट ५ सय ९७ जनाको ज्यान गएको थियो ।

प्रकाशित : श्रावण १४, २०७५ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?