कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाउ प्रहार गरी छोराको हत्या

कान्तिपुर संवाददाता

भक्तपुर — एक व्यक्तिले दाउ प्रहार गरी छोराको हत्या गरेका छन् । मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली रमाईलो चोक स्थित शिवप्रसाद पौडेलको घरमा डेरा गरी बस्ने मोरङ सुनवर्षा नगरपालिका–१ का ४० वर्षीय डिल्लीराम चापागाईंले आफ्नै छोरा १७ वर्षीय सागर चापागाईंको हत्या गरेको प्रहरीले जनाएको छ ।

दाउ प्रहार गरी छोराको हत्या
मङ्गलबार राती आफूसँगै सुतेको अवस्थामा दाउले घाँटीमा प्रहार गरेर छोराको हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए । छोराको हत्या गरी एक तल्ला माथिबाट हाम फाली फरार रहेका चापागाईंलाई महानगरीय प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया थालेको जनाएको छ ।

सामान्य घरायसी विवादका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको डीएसपी पोखरेलले बताए ।

प्रकाशित : श्रावण १६, २०७५ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?