कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आदिवासी दिवसमा राजनीतिक सम्मेलन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल आदिवासी जनजाति महासंघले २४ औं विश्व आदिवासी दिवस (अगस्ट ९) का अवसरमा राजनीतिक सम्मेलन गर्ने भएको छ । महासंघले दुई साताव्यापी थप कार्यक्रमसमेत घोषणा गरेको छ ।

आदिवासी दिवसमा राजनीतिक सम्मेलन

‘हामी उत्पीडनमा परेका आदिवासी जनजाति, सीमान्तकृत समुदायको राजनीतिक हकलाई लिएर सम्मेलन गर्ने तयारीमा छौं,’ राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा महासंघ अध्यक्ष जगतबहादुर बरामले भने, ‘यो सम्मेलनले हाम्रा मुद्दालाई थप उजागर गर्नेछ र संविधान संशोधन गरी सम्बोधन गराउने आशा राखेका छौं ।’ राजनीतिक सम्मेलनमा महासंघअन्तर्गतका जातीय संस्था, तिनका भातृ संगठन, राजनीतिक दलसम्बद्ध जातीय मोर्चाका प्रतिनिधि सहभागी हुनेछन् ।


राजनीतिक सम्मेलन उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम छ । महासंघले दिवसका उपलक्ष्यमा बिहीबारदेखि साउन २७ सम्म सभा, र्‍याली, झाँकी, खाना प्रदर्शनीलगायत कार्यक्रम गर्नेछ ।

प्रकाशित : श्रावण १६, २०७५ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?