कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफवाह फैलाएको आरोपमा अनलाईन सञ्चालक पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — कञ्चनपुरमा भएको बलत्कार घटनाको सम्बन्धमा झूटो खबर फैलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक अनलाईनका अध्यक्षलाई पक्राउ गरेको छ । 

अफवाह फैलाएको आरोपमा अनलाईन सञ्चालक पक्राउ

ब्युरोले आरएमखबर डटकमकी अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राप्ती सापकोटा पौडेललाई पक्राउ गरी विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाहीको प्रक्रिया अगाडि बढाएको हो ।


यीनै हुन १४ वर्षिय बालिका बलत्कारमा संग्लन भन्दै एक प्रहरीको तस्बिरसहितको सामाग्री उक्त अनलाईनमार्फत फैलिएको निष्कर्ष ब्युरोले निकालेको हो ।


बलत्कार जस्तो संवेदनशिल घटनबारे अफवाह फैलाएको आरोपमा ब्युरोले बालाजुबाट सापकोटालाई पक्राउ गरेको हो ।


ब्युरोका अनुसार केही दिनअघि भएको बलत्कारको घटना गराउने यीनै प्रहरी हुन् भनेर एक प्रहरीको तस्बिरसहितको सुचना सामाजिक सञ्जालमा भाईरल भएपछि प्रहरीले यस्तो सुचना कहाँबाट फैलियो भनेर खोजी सुरु गरेको थियो ।


यही क्रममा सापकोटा पक्राउ परेकी हुन् । ब्युरोले उक्त अनलाईन प्रेस काउन्सिलमा समेत दर्ता नभएको बताएको छ ।

प्रकाशित : श्रावण १६, २०७५ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?