कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चार वर्षपछि छुटे टीकाराम

कान्तिपुर संवाददाता

काठमाडौँ — साउदी अरबको जिजान जेलमा थुनिएका चितवनका टीकाराम सापकोटा निर्दोष सावित भई बुधबार छुटेका छन् । सापकोटा चार वर्षअघि खैरेनी–१३, चितवनका सोमप्रसाद सिलवालको हत्या अभियोगमा पक्राउ परेका थिए । जेद्दास्थित महावाणिज्यदूतको कार्यालयले कानुनी प्रतिरक्षा गरी सापकोटालाई छुटाएको हो ।

चार वर्षपछि छुटे टीकाराम

तल्लो अदालतले उनलाई डेढ वर्षअघि नै निर्दोष प्रमाणित गरेको भए पनि जेलबाट निस्कन पाएका थिएनन् । कानुनी प्रक्रिया लम्बिएकाले रिहा हुन समय लागेको कार्यवाहक महावाणिज्यदूत रेवती पौडेलले बताए । सापकोटालाई प्रहरीले कम्पनीको जिम्मा लगाएर पठाएको छ । उनले साउदीमा काम गर्न पाउने पौडेलले बताए ।


‘लामो समय तनावमा रहेकाले दुई/तीन दिनभित्र नेपाल पठाउने योजना छ,’ उनले भने । अदालतले सिलवाल हत्या प्रकरणमा प्यूठानका सफी उल्लाहलाई दोषी ठहर गर्दै सापकोटा निर्दोष भएको फैसला सुनाएको थियो ।


प्रकाशित : श्रावण १६, २०७५ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?