कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली विमानमाथिको बन्देज हटाउन आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले एयरबस उडाउने तर नेपाली विमानलाई युरोप उडान बन्देज लगाउने विषय नसुहाएको भन्दै त्यसमा पुनर्विचार गर्न युरोपेली युनियनलाई आग्रह गरेका छन् ।

नेपाली विमानमाथिको बन्देज हटाउन आग्रह

युरोपका पोर्चुगल, लग्जेम्बर्ग र बेल्जियम भ्रमण क्रममा उनले त्यहाँका सरकारी तथा युरोपियन युनियनका अधिकारीलाई त्यस्तो आग्रह गरेका हुन् । उनी १० दिन लामो युरोप यात्रा सकेर बुधबार स्वदेश फर्केका छन् । ‘दुईपक्षीय छलफल तथा गैरआवासीय नेपालीसँगको अन्तक्र्रिया फलदायी भयो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भने ।


उनले युरोपेली पूर्वाधार बैंकलाई नेपालमा लगानी वृद्धि गर्नसमेत आग्रह गरेको जानकारी दिए । नेपालमा युरोपेली मुलुकको लगानी वृद्धि हुने विश्वास उनले व्यक्त गरे । युरोप बसाइ क्रममा उनले गैरआवासीय नेपालीलाई पनि नेपालमा लगानी भित्र्याउन आवश्यक पहल गरिदिन आग्रह गरेका थिए । उनले नेपाली दूतावासहरूलाई नेपालमा लगानी भित्र्याउनका लागि पहल गर्न र मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे सकारात्मक जानकारी दिनसमेत निर्देशन दिएका थिए ।


उनले राजदूतहरूको सम्मेलन ब्रसेल्समा गरेर नेपालको पछिल्लो अवस्था जानकारी गराउँदै दूतावासले गरेको कामबारे जिज्ञासा राखेका थिए ।


प्रकाशित : श्रावण १६, २०७५ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?