कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कक्षा १२ को नतिजा सार्वजिनक गरिँदै

सुदिप कैनी

काठमाडौँ — राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्न लागेकाे छ । नतिजा प्रकाशनका लागि बैठक बसिरहेकाले केही समयमै प्रकाशित गरिने बाेर्डले जनाएकाे छ ।

कक्षा १२ को नतिजा सार्वजिनक गरिँदै

सबै तयारी पूरा भएकाले केही समयमै नतिजा सार्वजनिक गरिने बाेर्डका कार्यकारी निर्देशक दुर्गाप्रसाद अर्यालले बताए ।

याे वर्ष पहिलाे पटक कक्षा १२ का सबै समूहकाे नतिजा एकैपटक प्रकाशित गर्न लागिएकाे छ ।

यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएको थियाे । यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए ।

कक्षा १२ काे नतिजा results.ekantipur.com लग इन गरेर नतिजा हेर्न सकिने छ । यस बाहेक एसएमएसबाट नतिजा प्राप्त गर्न सकिने छ । यसका लागि results (Space) Symbol number टाइप गरी ३५००१ मा पठाउन सकिनेछ ।


ईकान्तिपुरले मर्सी एजुकेशनसँगको सहकार्यमा कक्षा १२ को नतिजा सार्वजनिक गर्न लागेको हो ।

प्रकाशित : श्रावण १७, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?