कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनुवाइ समितिलाई काम गर्न दिऊँ : ओली

रासस/याेन्हाप

ललितपुर — प्रधानमन्त्री केपी ओलीले प्रधानन्यायाधीश सुनुवाइ गरिरहेको संसदीय समितिलाई प्रतिपक्षले काम गर्न नदिएको आरोप लगाएका छन् । संवैधानिक परिषद्ले प्रस्ताव गरेको नाममा विभिन्न उजुरी वा निवेदनमा सम्बन्धित व्यक्तिले सफाइ दिने व्यवस्था भएको उनले स्मरण गराए ।

सुनुवाइ समितिलाई काम गर्न दिऊँ : ओली

भने, ‘समितिलाई काम गर्न नदिएर बोल्ने/बोलाउने र लेख्ने/लेखाउने काम भइरहेको छ ।’


प्रतिपक्षी दलले सरकारलाई आरोप/प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने उनले बताए । तुलसीलाल स्मृति प्रतिष्ठानले बिहीबार आयोजना गरेको ‘२१ औं तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ कार्यक्रममा उनले जनप्रतिनिधिले संसद्मा खुला छलफल गर्न नपाएको बताएका हुन् । ‘संसदको आदेश नमान्ने भए एक जना प्रधानमन्त्री र एक जना प्रतिपक्षी दलका संसदीय दलका नेता भए पुग्छ’ उनले भने । नेपालमा लोकतन्त्रले सीमा नाघेर अनियन्त्रित क्रियाकलाप हुँदै गएको उनले बताए । भने, ‘लोकतन्त्र अनियन्त्रित हुँदै जाँदा अराजकता बढ्छ ।’ सरकारमाथि अकारण हमला भइरहेको गुनासो पनि उनले गरे ।

त्यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियावादी शक्तिले हमला र घेराबन्दी नरोकेको बताएका थिए । दाहालले नेपाल कम्युनिस्ट पार्टीको पछाडि लागेको पुच्छर लामो समयपछि हट्नु र झन्डै दुई तिहाइ बहुमतको वामपन्थी सरकार बन्नु सबैको चासोको विषय बनेको बताए ।

प्रकाशित : श्रावण १७, २०७५ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?