राप्रपाले भन्यो- ‘संवैधानिक अंगमा नियुक्तिको पद्धति त्रुटिपूर्ण’

रासस

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक परिषद्ले सिफारिस गरेको व्यक्ति संसदीय सुनुवाइ विशेष समितिबाट अस्वीकृत हुनाले संवैधानिक अङ्गमा नियुक्तिको पद्धति नै त्रुटिपूर्ण र असफल प्रमाणित भएको बताएको छ । 

प्रस्तावित व्यक्तिको योग्यता, दक्षता र क्षमताको मूल्याङ्कन गर्ने र निर्णय गर्ने समितिको क्षेत्राधिकार भए पनि यसले आगामी दिनमा कैयन् संवैधानिक र राजनीतिक जटिलता सिर्जना गर्न सक्ने सुनिश्चित रहेको धारणा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् ।

Yamaha

Esewa Pasal

प्रकाशित : श्रावण १८, २०७५ १७:३६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जिल्ला पशु सेवा कार्यालय यथावत राख्न माग गर्दै प्रदर्शन

पवन यादव

निजगढ — जिल्ला पशु सेवा कार्यालय कलैयालाई यथावत राख्नु पर्ने माग गर्दै शुक्रबार स्थानीय किसानले प्रदर्शन गरेका छन् ।

नयाँ संरचना तयार गरी वीरगन्जमा कार्यालय स्थापना गर्न लागिएको भन्दै यहाँका पशु पालक किसान कृषक संघर्ष समिति बारा गठन गरेर चरणबद्ध आन्दोलन सुरु गरेका हुन् । जुलुसले नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर सकिएको थियो ।

स्थायी पशु सेवा कार्यालय तथा पशु सेवा केन्द्रहरुलाई समेत सरकारले पुरानो संरचना खारेज गरी प्रदेश सरकार मातहतमा रहने गरी भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा परिणत गरेको थियो । पछिलो समयमा उक्त अस्पताल तथा केन्द्रलाई कलैयाबाट सारेर पर्साको वीरगन्जस्थित कार्यालयमा गाभेपछि यहाँका किसान आन्दोलित भएका हुन् ।

संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई माग उल्लेखित ज्ञापनपत्र समेत दिएको छ । प्रमुख जिल्ला अधिकारीले ज्ञापनपत्र बुझ्दै किसानको मागलाई केन्द्रमा पठाउन र पूरा गर्न पहल गर्ने आश्वासन दिएका संघर्ष समिति संयोजक ओमप्रकाश यादवले जानकारी दिए । उनले सरकारले जनताको घर घरमा सेवा पुर्‍याउने गरी सेवाको दायरा फराकिलो बनाइरहेको अवस्थामा पशु सेवा केन्द्रिकृत गरेको भन्दै आपत्ति जनाए ।

अति संवेदनशील कार्यालय भेटेरीनरी अस्पताल र पशु विज्ञ केन्द्र कलैयालाई यथावत नराखे आन्दोलनलाई कडा बनाउने चेतावनी समेत उनले दिए ।

प्रकाशित : श्रावण १८, २०७५ १७:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT