कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानन्यायाधीशमा जोशीलाई अस्वीकार गर्नु न्यायपालिकामाथिको ठाडो हस्तक्षेप : बार एशोसिएसन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल बार एशोसिएसनले दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकार गर्ने संसदीय सुनुवाई समितिको निर्णयलाई स्वतन्त्र न्यायपालिकामाथिको ठाडो हस्तक्षेप भनी टिप्पणी गरेको छ । 

प्रधानन्यायाधीशमा जोशीलाई अस्वीकार गर्नु न्यायपालिकामाथिको ठाडो हस्तक्षेप : बार एशोसिएसन

संसदीय समितिमा राजनीतिक आस्थाको आधारमा मतदान प्रक्रियाबाट निर्णय हुनु दु:खद र खेदजनक भन्दै बारले यस्तो निर्णयबाट ‘न्यायपालिकामाथि व्यवस्थापिका र कार्यपालिकाबाट निर्देशित र नियन्त्रित गर्न खोजिएको’ भनी टिप्पणी गरेको छ । संसदीय सुनुवाई समितिको निर्णयले नेपालको संविधान प्रचलित ऐन कानुनको उल्लंघन भएको भन्दै समितिले संवैधानिक परिषद्ले लिएको आधार र कारणलाई समेत चुनौती दिएको ठहर गरेको छ ।


बारले सुनुवाई समितिका सदस्यहरुलाई स्वतन्त्र र विवेकपूर्ण रुपमा प्रस्तुत नभई राजनीतिक दलको निर्देशनका आधारमा निर्णय लिएको आरोप लगाएको छ । बारले भनेको छ, ‘उक्त निर्णयबाट विधि र कानुनी शासनको उपहास भएको बारको ठहर छ ।’


विज्ञप्ति


प्रकाशित : श्रावण १८, २०७५ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?