२५ लाख धरौटीमा छुटे लुट फिल्मका निर्माता

कान्तिपुर संवाददाता

काठमाडौँ — नक्कली नोट छापेको आरोपमा जेठ २ मा पक्राउ परेका लुट फिल्मका निर्माता माधवराज वाग्ले पाटन उच्च अदालतको आदेशमा २५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

अदालतले वाग्लेसँगै पक्राउ परेका कला निर्देशक महेन्द्र बोगटीलाई ३ लाख र कला सहयोगी सुदीप घिसिङलाई १० लाख रुपैयाँ धरौटीमा छाडेको हो ।

Yamaha

प्रहरी परिसर काठमाडौंले उनीहरूविरुद्ध नक्कली नोट छापेको अभियोगमा २ करोड ६३ लाख बिगो कायम गर्दै खोटा चलन मुद्दा दायर गरेको थियो । काठमाडौं जिल्ला अदालतले जेठ २९ मा अभियोग दायर गरिएका ६ मध्ये तीनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । सोही मुद्दामा पक्राउ परेका प्रकाश सुवेदी र दीपक नापित भने एक–एक लाख धरौटीमा र साजन भुलुन साधारण तारेखमा छुटेका थिए ।

चलचित्र ‘चंगा चेट’ का निम्ति छापिएको नक्कली नोट फिल्म निर्माणका सदस्यले बजारमा लगेर दुरुपयोग गरेपछि घटना बाहिर आएको थियो ।



Esewa Pasal

प्रकाशित : श्रावण १८, २०७५ २०:०८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चोरी गरी भागेका २ युवकको मृत्यु

आश गुरुङ

लमजुङ — लमजुङको क्व्होलासोंथर गाउँपालिका-९ छापागाउँको एक पसलमा चोरी गरी भाग्ने क्रममा २ युवकको भीरबाट खसेर मृत्यु भएको छ ।

प्रतिकात्मक तस्बिर

स्थानीय मरिचमान गुरुङको पसलमा रहेको पैसाको बाकस चोरी गरी भाग्दै गर्दा मध्यनेपाल नगरपालिका-८ करापुगाउँ नजिकैको भीरबाट खसेर ती दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । इन्सपेक्टर राजेन्द्र अधिकारीका अनुसार मृत्यु हुनेमा पर्वत घर भई हाल कास्कीको तल्लो गगनगौंडा बस्दै आएका २२ वर्षीय चन्दन सुनार रहेका छन् । अर्का मृतक युवकको नाम राम भनिए पनि थर र ठेगाना खुल्न नसकेको अधिकारीले बताए । उनका अनुसार चोरीमा संलग्न छापागाउँकै ३० वर्षीय बुद्धिबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एकजना फरार रहेको प्रहरीले बताएको छ ।

नियन्त्रणमा लिएका गुरुङले यी दुवैजना पोखरामा बस्ने बताएको तर, अन्य जानकारी नभएको बताएका प्रहरीले बताएको छ । गुरुङलाई भने स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । ४ जनाले बाकस चोरी गरी भागेकोमा भीरबाट करिब २ सय मिटर तल खसेर दुवै युवकको मृत्यु भएको प्रहरीले बताएको छ ।

चोरीको घटना बिहीबार राति साँढे २ बजेतिरको भएको र उनीहरु शुक्रबार बिहानीपख साँढे ४ बजेतिर खसेको अनुमान प्रहरीले गरेको छ । उनीहरुको शव शुक्रबार बिहान फेला परेको प्रहरीले बताएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको र चोरीमा संलग्न युवकको खोजी गरिरहेको प्रहरीले बताएको छ । मृतक दुवैजनाको शव र नियन्त्रणमा रहेका गुरुङलाई बेंसीसहर ल्याएको प्रहरीले बताएको छ ।

प्रकाशित : श्रावण १८, २०७५ १९:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT