कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसद धम्की घटना छानबिन गर्न समिति

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा सांसद निरु पालमाथि बन्दुक देखाएर धम्काउँदै मोबाइल लुटिएको घटना छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ । प्रहरी परिसर काठमाडौंले एसपी रामदत्त जोशीको नेतृत्वमा समिति गठन गरेको हो ।

सांसद धम्की घटना छानबिन गर्न समिति

समितिमा महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी गोविन्दराज काफ्ले र परिसरका इन्सपेक्टर सुरेन्द्र केसी छन् ।

परिसरले घटनाको छानबिन गर्दै बिहीबार ७५ जनालाई नियन्त्रणमा लिएको थियो, जसमध्ये शंकास्पद देखिएका १६ जनामाथि छानबिन अगाडि बढाइएको छ भने अन्यलाई छाडिदिएको छ ।

प्रकाशित : श्रावण १९, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?