कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलबिरेको पहिरो हटाएपछि मुग्लिनमा गाडी सञ्चालन [अपडेट]

रमेशकुमार पौडेल

चितवन — पहिरो जाँदा अवरूद्ध नारायणगढ-मुग्लिन सडक शनिबार अपराह्न सवा पाँच बजेदेखि सञ्चालनमा आएको छ । जलबिरेमा पहिरो जाँदा दिउँसो पौने तीन बजेदेखि बाटो अवरूद्ध थियो । 

जलबिरेको पहिरो हटाएपछि मुग्लिनमा गाडी सञ्चालन [अपडेट]

शनिबार बिहानैदेखि पहिरोले नारायणगढ मुग्लिन सडक बन्द थियो । घुमाउनेमा पहिरो जाँदा बिहान ६ बजेदेखि अवरूद्ध बाटो दिउँसो सवा दुई बजेपछि मात्रै खुलेको थियो । त्यसको आधा घण्टामा नै जलबिरेमा पहिरो गएर समस्या थपेको थियो । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक बेदकुमार गौतमले जलबिरेको पहिरो हटाएर गाडी सञ्चालनमा ल्याएको बताए ।


................

घुमाउनेमा ढुंगा खसेका कारण शनिबार बिहान ६ बजेदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडकमा दुईतर्फ गाडी चलेको आधा घण्टा नबित्दै जलबिरेमा पहिरो गएको छ । पहिरोका कारण फेरि यातायातका साधन रोकिएका छन् ।


चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जलबिरेमा अपराह्न पौने ३ बजे पहिरो गएको हो । पहिरो हटाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्याल्यका प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बताए । यसअघि बिहान ६ बजे पहिरो खसेको घुमाउनेमा साढे १० बजे एकतर्फी रुपमा गाडी चल्न सुरु भएको थियो । घुमाउनेको पहिरो पुरै हटाएर सवा दुई बजेपछि दुईतर्फी गाडी चलेको थियो । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार बिहानैदेखि पानी परेका कारण पहिरो हटाउन समस्या भएको थियो ।


नारायणगढ-मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक हो । यो बाटो हुँदै दैनिक १० हजार गाडी ओहोरदोहोर गर्छन् । यो सडकलाई इसियला मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम भइरहेको छ । सढक फराकिलो पार्न पहाड काटेको ठाउँमा पहिरो जाने समस्याले यात्रुहरु हैरान छन् ।

......................

घुमाउनेमा ढुंगा खसेका कारण शनिबार बिहान ६ बजेदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडकमा दिउँसो सवा दुई बजेपछि दुईतर्फी रुपमा नै गाडी चल्न थालेका छन् ।


यसअघि बिहान साढे १० बजे एकतर्फी रुपमा गाडी चल्न सुरु भएको थियो । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार बिहानैदेखि पानी परेका कारण पहिरो हटाउन समस्या भएको थियो ।

‘साह्रै ठूलो पहिरो खसेको हैन । तर माथिबाट ढुंगा खसेका कारण गाडी चलाउन र पहिरो सफा गर्न डर भएका कारण बाटो रोक्नु परेको हो’ नारायणगढ मुग्लिन सडक आयोजनाका सुचना अधिकारी शिव खनालले भने ।

त्यो ठाउँमा दुई चार दिनयता ढुंगा खसेर समस्या ल्याउने गरेको छ । सो ठाउँभन्दा दुई सय मिटर पर नारायणगढ तर्फ ७३ साल चैत्र २१ मा सुख्खा पहिरो खसेर दुईजनाको ज्यान लिएको थियो ।

नारायणगढ मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक हो ।

यो बाटो हुँदै दैनिक १० हजार गाडि ओहरदोहर गर्छन् । यो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम भइरहेको छ । सडक फराकिलो पार्न पहाड काटेको ठाउँमा पहिरो जाने समस्याले यात्रुहरु हैरान छन् ।

प्रकाशित : श्रावण १९, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?