कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध

रमेशकुमार पौडेल

चितवन — नारायणगढ मुग्लिन सडककाे घुमाउनेमा पहिरो खस्दा अाज पनि यातायात अवरुद्ध छ । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक वेदकुमार गौतमका अनुसार शनिबार राति १० बजे पहिरो गएपछि बाटो बन्द भएको हो ।

नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध

आइतबार बिहान १० बजेसम्म पहिरो सफा हुने सम्भावना रहेको प्रहरी निरीक्षक गौतमको भनाइ छ ।


घुमाउनेमा नै ढुंगा खसेका कारण शनिबार पनि बिहान ६ बजेदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडकमा दिउँसो दुई बजेपछि मात्रै दुईतर्फी संचालनमा आएको थियो । नारायणगढ मुग्लिन सडक आयोजनाका सुचना अधिकारी शिव खनालका अनुसार त्यो ठाउँमा बिहीबारयता दिन दिनै जसो ढुंगा खसेर बाटो बन्द हुने गरेको छ ।


नारायणगढ मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक हो । यो बाटो हुँदै दैनिक १० हजार गाडी ओहर दोहर गर्छन् । यो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम भइरहेको छ । सडक फराकिलो पार्न पहाड काटेको ठाउँमा पहिरो जाने समस्याले यात्रुहरु हैरान छन् ।

प्रकाशित : श्रावण २०, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?