कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१८ मुलुकका सैन्य अधिकारी काठमाडौंमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमाण्डको संयुक्त आयोजनामा सञ्चालन हुने बहुराष्ट्रिय सञ्चार उपकरण सञ्चालन सम्बन्धि कार्यक्रम (एमसीआईपी) पिई १८ को कार्यक्रम आरम्भ भएको छ ।

१८ मुलुकका सैन्य अधिकारी काठमाडौंमा 

भदौ १ सम्म सञ्चालन हुने उक्त अभ्यासमा सहभागी हुन अष्ट्रेलिया, बंगलादेश, कम्बोडिया, फिजी, फ्रान्स, इन्डोनेसिया, जापान, मलेसिया, माल्दिभ्स, मंगोलिया, फिलिपिन्स, सिंगापुर, श्रीलंका, थाईल्याण्ड, टोंगा, भियतनाम र संयुक्त राज्य अमेरिका गरी १८ मुलुकका करिब २ सय ५० बढि प्रतिनिधिहरु सहभागी भएका छन ।


दुई मुलुक पपुआ न्यू गिनी र दक्षिण कोरियाका प्रतिनिधिहरु केही दिनमा आइपुग्ने बताइएको छ । कार्यक्रम एसिया प्यासिफिक कमाण्डले नै नेतृत्व गरेको छ ।


युद्धकार्य महानिर्देशक उपरथी प्रभुराम शर्माले कार्यक्रम आरम्भ गर्दै भने, ‘अभ्यासले भविश्यमा हुन सक्ने विपद् व्यवस्थापनको दौरान अन्तर सञ्चार माध्यमलाई प्रभावकारी बनाउन थप मद्दत पुग्नेछ ।’


एमसीआईपीका निर्देशक स्कट ग्रिफिनले यसप्रकारको सहकार्यले दुवै देशको सेनाको वृत्ति विकास हुने बताए ।


विपद् व्यवस्थापनको समयमा अन्तर सञ्चार माध्यमलाई प्रभावकारी ढंगबाट सञ्चालन गरी सूचना प्रवाहको प्रभावकारीतालाई अभिबृद्धि गर्ने लक्ष्यले यो अभ्यास सञ्चालन गरिएको जानकारी नेपाली सेनाले दिएको छ ।


एसिया प्रशान्त क्षेत्र प्राकृतिक प्रकोपको दृष्टिकोणले अति नै संवेदनशिल क्षेत्र रहेकाले पनि यस्तो सहकार्य आवश्यक रहेको हो ।


सन् २००४ को सुनामीमा देखिएको कमिकमजोरी हटाई यस्तो सहकार्य अघि बढेको हो । यस क्षेत्रका सैन्यहरु सन २००५मा भेला भएर सहकार्य अघि बढेको हो । नेपाली सेनाले चारबर्षअघि देखि यो अभ्यास संचालन गरिरहेको हो ।


नेपाललाई अमेरिकी सैन्य सहयोग निरन्तर

अमेरिकी सेनाको इन्डो प्यासिफिक डेपुटि कमाण्डर लेफ्टिनेन्ट जनरल ब्रयन फेन्टोनले नेपाली सेनालाई अमेरिकी सैन्य सहयोग निरन्तर रहने बताएका छन् ।


नेपालको दुई दिने भ्रमणमा रहेका उनले उपप्रधान तथा रक्षमन्त्री इश्वर पोखरेललाई भेट गर्दै यस्तो धारणा ब्यक्त गरेका हुन् ।


नेपाल र अमेरिका बीच निरन्तर रहेको संयुक्त अभ्यासलाई अझ प्रभावकारी र अब्बल बनाउने विषयमा समेत अमेरिकी प्रस्ताव रहेको छ । अमेरिकाले नेपललाई उपलब्ध गराउने चार हवाइजहाज (स्काई ट्रक)को विषयमा पनि छलफल भएको अधिकारीहरुले बताए ।

नेपाललाई अमेरिकाले निकट पार्टनरसिप संचलानका लागि पहिलो प्राथमिकता राखेको जानकारी पनि उनले दिए । नेपालको लोकतन्त्रको विकासका लागि सहयात्रामा अमेरिकाले भूमिका निर्वाह गर्ने भन्दै त्यसको लागि उनले राजनीतिक छलफल गरेका हुन् । रक्षामन्त्री पोखरेलले पनि अमेरिकालाई नेपालले एक असल मित्रको रुपमा हेर्दै आएको बताए ।


नेपाली सेनाको बृतिविकासमा अमेरिकी सहयोग सहरानिय रहेको पनि उनको धारणा थियो । ‘सैनिक सम्वन्धलाई ठोस र कार्यक्रममा आधारित बनाउन आवश्यक छ,’ रक्षाम्न्त्रीले भने, ‘लामो राजनीतिक सक्रमणकाल सकेर समृद्धि र आर्थिक विकास तर्फ नेपाल उन्मुख छ । यसमा सबैको सहयोग आवश्यक छ ।’


कमाण्डरले आइतबार प्रधानसेनापति राजेन्द्र क्षत्रीसंग पनि दुईपक्षीय हितका विषय छलफल गरेका थिए ।

प्रकाशित : श्रावण २१, २०७५ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?