कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डुबेका ३ विद्यार्थी भेटिएनन्

कान्तिपुर संवाददाता

ओखलढुंगा — सोलुखुम्बुको गोक्यो तालमा डुबेर शनिबारदेखि बेपत्ता खुम्जुङ मावि सोलुखुम्बुका ३ विद्यार्थी अझै भेटिएका छैनन् ।

डुबेका ३ विद्यार्थी भेटिएनन्

बेपत्ता हुनेमा खुम्जुङका पेम्बादोर्जी शेर्पा र पेम्बानुरु शेर्पा तथा नाम्चेका सुनील बराइली छन् । तीनैजना कक्षा ९ का विद्यार्थी हुन् । शैक्षिक भ्रमणका लागि गएका उनीहरू नुहाउने क्रममा शनिबार बिहान ८ बजेतिर तालमा डुबेका थिए । बेपत्ताको खोजी भइरहेको सोलुखुम्बुका डीएसपी रेशमबहादुर पराजुलीले बताए ।

प्रकाशित : श्रावण २३, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?