कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोमा पुरिएका दम्पतिको हेलिकप्टर मार्फत उद्धार [अपडेट]

राजेन्द्र मानन्धर

दोलखा — गएराति परेको भीषण वर्षापछि दोलखाको बिगु गाउँपालिकास्थित बुलुङखानीमा पहिरोले घर पुरिएपछि घाइते भएका एक दम्पतिको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

पहिरोमा पुरिएका दम्पतिको हेलिकप्टर मार्फत उद्धार [अपडेट]

भत्किएको घरबाट उद्धार गरिएका श्यामबहादुर श्रेष्ठ र उनकी श्रीमती दलमाया श्रेष्ठलाई वस्तीको चारैतिर पहिरो गएपछि उनीहरुलाई सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । पहिरो कारण एक दर्जन भन्दा बढी घर पुरिएका छन् ।

चारैतिर पहिरो गएकाले उद्धारका लागि उक्त स्थलमा पैदल पुग्न नसकेपछि हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।

उनका अनुसार सेनाका हेलिकप्टरबाट बुधबार दिउँसो उनीहरुलाई सिधै काठमाडौं लगिएको छ ।

पहिरोले गाउँ जाने बाटोसमेत अवरोध भएकाले उद्धार कार्यमा कठीन भइरहेको बताइएको छ ।

भर्खरै पुगेको प्रहरीले उद्धार र क्षतीको विवरण संकलन गर्ने कार्य थालेको प्रजिअ पाठकले जानकारी दिए ।

पहिरोले उत्तरी क्षेत्रको विगु र गौरीशंकर गाउँपालिकाको विभिन्न स्थानका घरहरुमा क्षति पुगेका छन् ।

सडकहरु अवरुद्ध भएकाले एक ठाउँबाट अर्को ठाउँमा जान नसकिएको स्थानीयले जानकारी दिएका छन् ।

प्रकाशित : श्रावण २३, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?