कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेटौंडाको ओम्याक्स हलमा आगलागी

प्रताप विष्ट

हेटौंडा — हेटौंडा उपमहानगरपालिका-४ मा रहेको ओम एन्ड ओम्याक्स फिल्म हलमा आगलागी भएको छ । बुधबार बिहानदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । उपमहानगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिएपनि सम्भव भएन । 

हेटौंडाको ओम्याक्स हलमा आगलागी

आगोको लप्का ठूलो भएकोले निभाउनको लागि बाराको सिमराबाट दमकल ल्याइँदै छ । हलमा विद्युत सर्ट भएर आगलागी भएको अनुमान प्रहरीले गरेको छ । क्षतिको विवरण आइसकेको छैन ।


३ करोड रुपैयाँको लगानी र ४ सय सिट क्षमताको उक्त हल सात वर्षअघि बनाइएको हो ।


प्रकाशित : श्रावण २३, २०७५ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?