कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेविसंघ कार्यसमिति विघटन तयारी

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेतृत्व भ्रातृ संगठन नेविसंघको वर्तमान कार्यसमिति विघटन गर्ने निचोडमा पुगेको छ ।

नेविसंघ कार्यसमिति विघटन तयारी

कार्यकाल सकिन लाग्दा पनि अधिवेशन गर्ने छाँट नदेखिएपछि विघटन गरी तदर्थ समिति गठन गर्न लागिएको हो ।


केन्द्रीय कार्यसमितिको कार्यकाल दुई वर्ष छ । नैनसिंह महर अध्यक्षताको वर्तमान कार्यसमितिको अवधि भदौ २ गते सकिँदै छ । नेविसंघ विधानमा विशेष परिस्थिति आइपरे तीन महिना थप्न सकिने व्यवस्था छ ।


नेविसंघ विवाद समाधान गर्न गठित संयन्त्रका संयोजक एवं कांग्रेस सहमहामन्त्री प्रकाशरण महतको अध्यक्षतामा बुधबार बसेको बैठकले अध्यक्ष महरलाई तीन महिनाभित्र अधिवेशन सम्पन्न गर्ने आधार भए कार्ययोजनासहित भदौ २ गतेभित्र पेस गर्न अल्टिमेटम दिएको छ ।


तर, नेविसंघका नेताहरू अधिवेशनको तयारी नै नभएकाले तीन महिनाभित्र गर्न नसकिने बताउँछन् ।


अध्यक्षले अधिवेशनको कार्ययोजना पेस गर्न नसके त्यसै दिन विघटन गर्ने तयारी पार्टी नेतृत्वको छ ।


अधिवेशन हुन नसकेपछि संस्थापनइतर पक्षीय नेताहरूले समानान्तर गतिविधि सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित : श्रावण २३, २०७५ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?