कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ कानुन कार्यान्वयन गर्न सर्वोच्च तयार

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले मुलुकी ऐनलाई विस्थापित गर्दै भदौ १ गतेदेखि लागू हुने नयाँ कानुन कार्यान्वयनका लागि देशभरका न्यायाधीश र रजिस्ट्रारलाई तालिम दिएको छ ।

नयाँ कानुन कार्यान्वयन गर्न सर्वोच्च तयार

सर्वोच्चका अनुसार मुलुकी अपराध संहिता, देवानी संहिता र दुवैका छुट्टाछुट्टै कार्यविधिबारे सातै प्रदेशमा उच्च अदालतका मुख्य न्यायाधीश, न्यायाधीश, जिल्ला न्यायाधीश र सबै अदालतका रजिस्ट्रारलाई अभिमुखीकरण तालिम दिइएको हो । ‘यो महिनापछि लागू हुने ऐनलाई कार्यान्वयन गर्न हामी पूर्ण रूपमा तयार छौं,’ सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले भने, ‘फैसला र अदालती प्रशासनमा एकरूपता ल्याउन नयाँ कानुनअनुसार आवश्यक पर्ने अदालती नियमावली पनि तयार पारिसकेका छौं ।’


काममा सजिलो होस् भनेर सर्वोच्चले ३१ सय कर्मचारीलाई पनि तालिम दिएको उनले बताए ।


प्रकाशित : श्रावण २४, २०७५ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?