नूरप्रसादको घरमा म्याद तामेल   

कान्तिपुर संवाददाता

गोरखा — कृष्णप्रसाद अधिकारी हत्यामा जाहेरी दिएका नूरप्रसाद अधिकारीको गण्डकी गाउँपालिका–३ फुजेल चमती गाउँको घरमा म्याद तामेल गरिएको छ ।


चितवन जिल्ला अदालतले जाहेरीवाला नूरप्रसादलाई आगामी भदौ ४ मा वकपत्रका लागि आउन आग्रह गरेको म्याद तामेलीपत्र बुधबार घरमा टाँसिएको हो। म्याद टाँस्न गोरखा अदालतका तामेलदार फुजेल पुगेका थिए।

Yamaha


‘बुधबार मान्छे नभेटिएपछि घरमा म्याद तामेल गर्‍यौं,’ जिल्ला अदालतका स्रेस्तेदार गोविन्द आचार्यले शुक्रबार भने, ‘चितवन अदालतबाट भदौ ४ गतेअघि नै म्याद तामेल गर्नु भन्ने थियो।’ सामान्यतया म्याद तामेल सम्बन्धित व्यक्ति, सम्बन्धित व्यक्ति नभेटे उनका परिवारलाई दिने, परिवार पनि नभेटे घरमा टाँस गर्ने र घर पनि नभए सार्वजनिक स्थानमा टाँस्ने प्रक्रिया छ।

सम्बन्धित व्यक्ति र एकाघरका मान्छे नभेटिएपछि घरको दैलोमा म्याद तामेल गरिएको हो। गोरखा जिल्ला अदालतका तामेलदार टेकबहादुर वली र टीकाराम थापा फुजेलस्थित अधिकारीको घर पुगेर वडाध्यक्ष नवराज श्रेष्ठलगायत स्थानीयको रोहवरमा म्याद तामेल गरिएको उनले बताए।

म्याद तामेलीको पत्र एक प्रति घरमा टाँसिएको, एक प्रति वडाध्यक्षलाई दिइएको र एक प्रति चितवन जिल्ला अदालतमा पठाइएको छ। २०६१ सालमा छोरा कृष्णप्रसादको हत्या भएपछि नन्दप्रसाद र गंगामाया अधिकारीले २०६४ मंसिरमा गाउँ छाडेका थिए। छोराको हत्या गर्नेलाई कारबाहीको माग गर्दै अनशन बसेका नन्दप्रसादको मृत्यु भइसकेको छ।

सरकारसँगको सहमतिपछि गंगामायाले हालैमात्र लामो अनशन तोडेकी छन्। बेपत्ता रहेका अर्का छोरा नूरप्रसादलाई प्रहरीले खोजी गरेर गंगामायासँग राजधानीमा भेट गराएको छ। ११ वर्षयता अधिकारी परिवार नफर्किएकाले घर र गोठ जीर्ण छन्। आँगनमा झार उम्रिएको छ।

प्रकाशित : श्रावण २५, २०७५ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सकारात्मक चिन्तनले समाजलाई सत्मार्गमा लैजानुपर्छ : महरा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सकारात्मक चिन्तनमार्फत् राजनीतिज्ञले समाजलाई सत्मार्गमा लैजानुपर्ने बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित ‘नेतृत्व वर्गमा राजनीतिक सद्भावका लागि सकारात्मक चिन्तन’ विषयक प्रवचन कार्यक्रममा सभामुख महराले यस्तो बताएका हुन्। सभामुख महराले आफूले प्राप्त गरेका सकारात्मक ज्ञानलाई जीवन व्यवहारमा लागू गर्नुपर्ने बताए। 'राजनीतिज्ञहरु जड हुनुहुँदैन, सबैखाले विचारहरुलाई ग्रहण गर्नुपर्दछ’ उनले भने, ‘सकारात्मक चीजलाई ग्रहण गर्दै समाजमा स्थापित गर्ने र नकारात्मक पक्षलाई हटाउने आँट गर्नुपर्दछ।’

आफू भौतिकवादमा विश्वास गर्ने व्यक्ति भएको भन्दै उनले अध्यात्मिक चेतनाले पनि सकारात्मक चिन्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। महराले राजनीतिज्ञहरुले आफूले प्राप्त गरेको ज्ञान राष्ट्र सेवामा लगाउनुपर्नेमा जोड दिए

कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल, स्वास्थ्यराज्यमन्त्री डा. सुरेन्द्र यादव, ओम शान्ति रिट्रिटका निर्देशक ब्रह्माकुमारी आशा दिदीलगायतले बोलेका थिए। कार्यक्रममा संघीय संसद् तथा प्रदेश सभाका सांसदहरु तथा राजनीतिक दलका नेताहरु सहभागी थिए।

प्रकाशित : श्रावण २५, २०७५ १८:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT