कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विषयगत समितिका सभापतिकाे निर्वाचन भदौ ५ मा

रासस

काठमाडौँ — प्रतिनिधिसभा मातहतका १० वटा विषयगत समितिका सभापतिकाे निर्वाचन आगामी भदौ ५ गते हुने भएको छ ।

विषयगत समितिका सभापतिकाे निर्वाचन भदौ ५ मा

प्रतिनिधिसभाको साेमबार बसेकाे बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले उक्त जानकारी दिएका छन् । अहिले समितिहरुको बैठकको अध्यक्षता सम्बन्धित समितिका ज्येष्ठ सदस्यहरुले गर्दै आएका छन् । उक्त निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले आजै निर्वाचन कार्यक्रम प्रकाशन गर्नेछ ।

प्रकाशित : श्रावण २८, २०७५ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?