मुलुकी एेन सच्याउन चिकित्सक संघकाे माग

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल चिकित्सक संघले मुलुकी ऐन मुलुकी अपराध (संहिता) ऐन र फौजदारी कार्यविधि ऐन संशोधनको माग गरेको छ ।

नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपराधीको शैलीमा व्यवहार गर्नेतर्फ लक्षित भएकोमा उक्त ऐनप्रति चिकित्सक संघको गम्भिर ध्यानाकषर्ण भएको जनाएको छ। सरकारले संघसित गरेकाे ०७४ असाेज १३ काेसम्झौताअनुसार विवादित ऐनहरुलाई संशोधन नगरे भदौ १ गतेदेखि देशभरका स्वास्थ्यकर्मीहरुले आफ्नो एप्रोन र काउन्सिल दर्ता प्रमाण पत्र नेपाल मेडिकल काउन्सिलमा बुझाउन बाध्य हुने चेतावनी दिएको छ।

Yamaha

सोमबार संघले बिज्ञप्ती प्रकाशित गर्दै राज्यले कानून निर्माण गर्दा प्राविधिक क्षेत्रतर्फका बिषयवस्तुहरुको संवेदनशीलता र त्यस क्षेत्रको ज्ञान बिना नै अन्तराष्ट्रिय मूल्य र मान्यता विपरित यस्तो विवादास्पद कानून निर्माण गर्नु अत्यन्तै दु:खद पक्ष रहेको उल्लेख गरेको छ।


संघका महासचिव डा. लोचन कार्कीद्वारा जारी बिज्ञप्तीमा हाल निर्माण भएको मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौजदारी कार्यविधि ऐनमा स्वास्थ्यकर्मीहरुलाई अपराधिक कार्यमा संलग्न भएका व्यक्तिहरुको दर्जामा राखी कानूनी प्रावधानहरु समावेश गरिएको र त्यसले नेपालमा कुनै पनि स्वास्थ्यकर्मीहरुले निरन्तर प्रवाह गर्दै आएको सेवालाई समेत अपराधमा परिणत गर्न खोजिएको हुनाले अब कुनै पनि स्वास्थ्यकर्मीहरुले आफ्नो सेवा संचालन गर्न नसक्ने परिस्थिति सिर्जना भएको जनाएको छ।

‘यो संघ कानूनी राज्यमा विश्वास गर्ने एवं कुनै पनि अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिले छुट पाउन नहुनेतर्फ दृढ रहेको छ। अपराधिक क्रियाकलापमा समावेश हुने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन बिना धरौटी हिरासतमा लिई कानून बमोजिम कारवाही गर्नका लागि आवश्यक प्रक्रिया अगाडी बढाउने सरकारी प्रतिबद्धता विपरित विद्यमान ऐनहरु ल्याइएकोमा नेपाल चिकित्सक संघ आपत्ति प्रकट गर्दछ,' बिज्ञप्तिमा छ।

प्रकाशित : श्रावण २८, २०७५ १७:५८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कर्णाली तटीय क्षेत्रमा उच्च सर्तकता

राजापुरको सुकुम्बासी वस्तीमा बाढी पस्यो,दर्जन घर डुबानमा 
कान्तिपुर संवाददाता

बर्दिया — आइतबारदेखि परेको अविरल वर्षासँगै बर्दियाबाट बग्ने कर्णाली नदीमा आएको बाढीले राजापुर नगरपालिकाको दौलतपुर डुबानमा परेको छ ।

प्रदेश ७ को प्रवेशद्वारमा रहेको कर्णाली पुल ।

बाढीले करिब एक दर्जन घर डुबानमा परेको स्थानीय प्रशासनले जनाएको छ।

डुबानमा परेका दौलतपुरस्थित सुकुम्बासी गाउँका बासिन्दा छिमेकीको घर आश्रय लिएका छन्। जलस्तर बढ्दै गएका कारण बाढीले दौलतपुर हुँदै राजापुर बजार क्षेत्र डुबानको जोखिममा परेको छ। दौलतपुरका अन्य घरमा बाढीको पानी पसेको स्थानीयले जनाएका छन्।

कर्णालीमा जलस्तर बढने क्रम जारी छ। स्थानीय प्रशासनले कर्णाली, गेरुवा र कैलालीको टिकापुर तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आह्वान गरेको छ। जलस्तर बढ्दै गएकोले कर्णाली तटीय क्षेत्रका बासिन्दालाई क्षेत्रका बासिन्दालाई सुरक्षित रहन स्थानीय प्रशासनले सर्तक रहन आह्वान गरेको छ।

कर्णाली नदीमा जलस्तर वार्निङ लेबल १० मिटर पार गरेकोले सर्तक रहन राजापुर र गेरुवा नदी तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङम्बाङले बताए। कर्णाली र गेरुवा तटीय क्षेत्रमा बाढी आउने सम्भावानालाई मध्यनजर राख्दै सेना,प्रहरी लगायत सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न प्रशासनले निर्देशन दिएको छ।

पहाडी जिल्लामा अविरल वर्षा भई रहेकोले जलस्तर बढ्दै गएको छ। सोमबार बेलुकीसम्म कर्णालीमा १० दशमलव ५ मिटर माथि जलस्तर बगी रहेको छ। कर्णालीमा १० मिटर जलस्तर नाघेकोले बाढीको उच्च जोखिम मानिन्छ प्रजिअ कुरुम्बाङले भने,‘कर्णाली र गेरुवा नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन भनिएको हो।’

कर्णाली नदीको जलमापन केन्द्र कैलालीको चिसापानीमा रहेको छ। बबई नदीको जलमापन केन्द्र बर्दियाको चेपाङमा राखिएको छ। ती जलमापन केन्द्रले जलस्तर बढ्दै वा घट्दै गएको जानकारी स्थानीय प्रशासन, प्रहरी, समूदाय, रेडक्रस लगायतलाई दिने गरेको छ। सदरमुकाम गुलरियामा चेपाङको जलमापन केन्द्रले संकेत दिएको ५ घण्टाभित्र जलमग्न हुने गर्छ। चिसापानी केन्द्रले बाढीको संकेत दिएको चार घण्टामा राजापुर आसपासका क्षेत्र डुबान हुने गर्छ।

बबई नदीमा जलको बहाव बढेको छैन। सदरमुकाम गुलरियामा ८ मिटर माथि बाढीको खतरा मानिन्न्छ। अहिले पानीको बहाव ६ मिटर रहेको छ। पहाडी जिल्ला दाङ र सल्यानमा अविरल वर्षा नभएकोले जोखिम छैन।

०७१ साल साउनको अन्तिम साता बबई नदीमा आएको बाढील धनजनको क्षति पुराएको थियो। ३२ जनाको ज्यान जानुका साथै करिब ९० हजार जनसंख्या बाढीबाट प्रभावित भएका थिए। ०७४ मा बबईमा आएको बाढीले ४ जनाको ज्यान जानुका साथै ४० हजार बासिन्दा प्रभावित भएका थिए।

प्रकाशित : श्रावण २८, २०७५ १७:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT