रोकिराखेका २ वटा ट्रकमा आगजनी

नारायण शर्मा

नवलपरासी — अज्ञात समूहले महेन्द्रराजमार्ग अन्तरगत पूर्वी नवलपरासीको गैंडाकोटमा रोकिराखेका २ वटा ट्रकमा आगजनी गरेका छन् । महेन्द्रराजमार्गको रत्न पेट्रोलपम्प नजिक रोकिरहेको ना२ख २५४८, ना२ख ८४८७ पराल बोकेको गाडिमा आगजनी गरेको हो । 

सोमबार राति १ बजेतिर मुख छोपेर आएका ४ जनाले गाडिमा आगजनी गरेर भागेका थिए। प्रहरीको सीसीटीभीमा आगजनी गर्नेहरुको गतिबिधि देखिएपछि तत्काल पुगेको प्रहरीले नारायणी नदी किनारमा ट्रक लगेर दमकलको सहयोगबाट आगो निभाएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ। प्रहरीको सक्रियताकाले दुवै ट्रकको इन्जिन जोखिएको छ।

Yamaha

राजमार्गमा राखेको सीसीटीभी क्यामेरामा आगजनी गर्नेहरुको गतिबिधि देखिएका कारण उनीहरुको पहिचान हुने प्रहरीको दाबी छ। मंगलबार बन्कदको आव्हान गरेको नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगजनी गरेको प्रहरीको भनाई छ।

प्रकाशित : श्रावण २९, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

[अपडेट] बाह्रबिसेमा थामिएन पहिरो, सुरक्षित ठाउँको खोजीमा स्थानीय भागभाग

बस्ती नै जाेखिममा
अनिश तिवारी

सिन्धुपाल्चोक — सोमबार रातिको अविरल वर्षाले गर्दा गएको पहिरो नरोकिँदा बाह्रबिसे नगरपालिका ४ को भिरकुना र ३ को कोसिनडाँडाको बस्ती नै जोखिममा परेको छ । बिहानदेखि सुरु भएको वर्षात् अझै नरोकिँदा यहाँका ३० परिवार सुरक्षित स्थान खोज्दै तल्लोगाउँ झरिरहेको स्थानीय मेखबहादुर श्रेष्ठले बताए ।

‘अहिले विस्थापित भएका ११ परिवार भागेर तलको गाउँ छिमेकीको घरमा शरण लिन गएका छन्, अरुको समेत भागभाग भएको छ,’श्रेष्ठले फोनमा भने ।

उनले प्रहरीलाई खबर गर्न प्रयासरत रहेको सुनाए । 'सुरुआतमा पहिरो थामिएको जस्तो लागेको थियो, पानी पर्न नरोकिएपछि रातमा ठूलो बन्दै गएको छ' उनको कथन छ । रातमा केही नदेखिने र पहिरो खसेको आवाज ठूलो आइरहेकाले सबैमा त्रास छाइरहेको उनले जनाए । ‘पहिरोको डरले सबैको सातो गएको छ, रात परेकाले केही पत्ता लगाउन सकेका छैनौं, जे पनि भएको हुन सक्छ,’उनले भने । बिजुली नभएकाले अन्धकारमा छामछुम गरेर मोबाइल बालेर भाग्नु परेको उनले बताए ।
उनका अनुसार कोसिनडाँडाबाट खस्न सुरु भएको पहिरोले तल्लो बस्ती भिरकुनाको टोलटोलको गाउँलाई धरापमा पार्दै लगेको छ ।

सुरक्षार्थ प्रहरी खटाउन लागिपरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक मुकुन्द मरासिनीले बताए । ‘दिउँसो पुग्दा खासै मानवीय क्षति हुन पाएको थिएन्, अब रातमा केही समस्या हुन सक्छ, बुझेर खटाइनेछ,’उनले भने ।

ग्रामीण भेगका बाह्रबिसे नगरको गाती सिर्गार्चे, मार्मिङको तामाङ टोलदेखि घुम्थाङ, कर्थली हुँदै पलाती, भिरकुनाका बस्तीमा पहिरोले क्षति पुर्‍याउन थालेको छ । ‘माथि कुरा गरेर प्रहरीलाई उद्धारार्थ पठाउने तयारी थालिसकेका छौं,’ इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले भने ।

...............
सोमबार रातीको अविरल वर्षाले बाह्रबिसे नगरपालिका–४ भिरकुना र ३ कोसिनडाँडामा पहिरो खस्दा ५ परिवार विस्थापित भएका छन् ।

कोसिनडाँडाबाट खस्न सुरु भएको पहिरोले तल्लो बस्ती भिरकुनाको गाँउ जोखिममा पर्दै गएको प्रहरीले जनाएको छ। ‘दिनहुँको वर्षाले खसेको पहिरोसँगै बस्ती बग्न थालेको छ,’ भिरकुनाका मेखबहादुर श्रेष्ठले भने, ‘बस्तीका ३० परिवारको घर उच्च जोखिममा परेको छ।’ विस्थापित भएका परिवार छिमेकमा आफन्तको आश्रयमा बसे पनि बस्ती नै जोखिममा परेपछि स्थानीय आत्तिन थालेका छन्।

बाह्रबिसे नगरको गाती सिर्गार्चे, मार्मिङको तामाङ टोलदेखि घुम्थाङ, कर्थली हुँदै पलाती, भिरकुनाका बस्तीमा पहिरोले असर गरेको छ। ‘प्रहरीलाई उद्धारार्थ पठाउने तयारी थालिसकेका छौ,’ इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले भने।

प्रकाशित : श्रावण २९, २०७५ ०८:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT