अखिल नेपाल फुटबल संघकाे विशेष साधारणसभा सुरू

रमेशकुमार पौडेल

चितवन — अखिल नेपाल फुटबल संघ (एन्फा)काे १७ अाैं विशेष साधारणसभा बुधबार साैराहामा सुरू भएकाे छ । प्रदेश-३ का मुख्यमन्त्री डाेरमणि पाैडेलद्वारा उद्घाटन गरिएकाे साधरणा सभाले विधानलाई संघीय प्रणाली अनुकुलकाे बनाउनुका साथै नियमावलीहरू पनि पारित गर्ने छ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार क्षेत्रीयस्तरकाे संरचनालाई प्रदेश तहकाे बनाउन विधान संशोधन हुनेछ।

Yamaha

त्यसैगरी अार्थिक नियमावली, कार्य सञ्चालान, कर्मचारी प्रशासन नियमावली र खेलाडी दर्ता नियमावली साधरणासभामा पेश हुने अध्यक्ष शेर्पाले जानकारी दिए। एन्फाकाे अार्थिक नियमावली अहिलेसम्म थिएन। खेलाडी दर्ता नियमावलीमा अनलाइनबाट समेत क्लबले खेलाडी दर्ता गर्ने व्यवस्था गर्न लागेकाे उनले बताए।

प्रकाशित : श्रावण ३०, २०७५ १२:३५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

खारिँदै राजमार्गका मोड

सिद्धार्थ राजमार्गको स्याङ्जा खण्डका घुम्ती कटान गरी सडक फराकिलो बनाइँदै
कान्तिपुर संवाददाता

स्याङ्जा — सिद्धार्थ राजमार्गको स्याङ्जा खण्डका घुम्तीलाई खारेर सडक फराकिलो पार्ने काम भइरहेको छ । डेढ वर्षयता जोखिमपूर्ण घुम्ती कटान गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ ।

कास्कीको सिमाना कुबिन्डेदेखि पाल्पाको राम्दीसम्म राजमार्गको ८२ किमि खण्ड स्याङ्जामा पर्छ । जिल्लाका अधिकांश प्रमुख बजार क्षेत्र राजमार्गमै छन् । हालसम्म १२ वटा ठूला घुम्ती कटान गरिएको सडक डिभिजनका प्रमुख इन्जिनियर प्रेमप्रकाश खत्रीले बताए । ‘सडक फराकिलो पारेसँगै दुर्घटनामा कमी आउनुका साथै सवारी जाम पनि घट्नेछ,’ उनले भने । सडक डिभिजनले सडक मर्मतसम्भारबाट बचेको रकमले घुम्ती फराकिलो पारिरहेको उनले बताए । ‘विभागबाट घुम्ती खार्नका लागि बजेट वा कुनै कार्यक्रम आएको छैन,’ उनले भने, ‘हामीले सडक दुर्घटनाको संख्या बढदै गएपछि मर्मतबाट बचेको रकम कटानतर्फ हालेका हौं ।’ कास्कीको पुम्दीघुम्दीदेखि घुम्ती फराकिलो बनाउन मोड खार्न सुरु गरेको काम स्याङ्जाको वालिङ नगरपालिकासम्म पुगेको उनले बताए । ‘वालिङमा मोड खार्नका लागि नगरपालिकासँग सहकार्य छ,’ उनले भने, ‘हामीले मेसिन र चालक दिएका छौं, नगरपालिकाले तेल हालेको छ । वालिङका ठूला मोड धेरै भएकाले अझै केही मोड बाँकी छन् ।’


पुतलीबजारको बाडखोलामा मोड फराकिलो बनाउन पुतलीबजार नगरपालिकाले इन्धनमा सहयोग गरेको उनले बताए । ‘अन्य स्थानका घुम्तीको काम हामी आफैंले गरेका छौं,’ उनले भने । नगरपालिकाले बढी आवश्यकता महसुस गरी विस्तारमा आफैं क्रियाशील बनेको उनले बताए । सडकको सुधार तथा ट्राफिक सुरक्षाका लागि जोखिमका रूपमा रहेका पहाड फुटाउने योजना रहेको इन्जिनियर खत्रीले बताए । ‘मोड काटिएसँगै तत्काल नाली बनाउने र सडक विस्तार गर्नुपर्ने हो,’ उनले भने, ‘तत्काल गर्न सकिएको छैन । हिउँदमा सडक विस्तार गर्‍यो, वर्षामा पहिरो आउँछ र बगाउँछ ।’ हिउँद लागेसँगै नाली बनाउने र सडक पिच गर्ने काम पनि हुने उनले बताए ।


सिद्धार्थ राजमार्गलाई खाल्टाखुल्टीरहित बनाउने जिम्मेवारीमा रहेको सडक डिभिजनले स्तरोन्नतिका काम भने अपेक्षित गतिमा गर्न सकेको छैन । राजमार्गमा स्याङ्जाका ५ वटा स्थानीय तह पर्छन् । सबैले राजमार्ग खण्ड फराकिलो पार्न चासो दिएका छन् ।


‘ठूला, लामा मालवाहक गाडीलाई घुम्तीमा मोड नपुगेपछि समस्या छ,’ पुतलीबजार नगरप्रमुख सीमा क्षत्री भन्छिन्, ‘समस्या हटाउनकै लागि नगरपालिकाले ठूला मोड कटान गर्न सघाएको हो ।’ मोड कटानपछि राजमार्ग ८ मिटरसम्म थप चौडा हुने उनले बताइन् । मोड कटान, पर्खाल र नाली निर्माणमा आउने खर्च स्थानीय तह एक्लैले धान्न नसक्ने जनप्रतिनिधिले बताए । कटान गरेका मोडहरूका कारण सवारी जामको समस्या घटेको प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए । ‘मोडहरू कटान भएसँगै सवारी आवागमनमा सहज भएको छ,’ उनले भने ।

प्रकाशित : श्रावण ३०, २०७५ १२:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT