कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टीआरसीद्वारा सरकारको ध्यानाकर्षण

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) ले सरकार संक्रमणकालीन न्याय व्यवस्थापनमा गम्भीर नभएको ठहर गर्दै स्थिति थप जटिल हुन नदिन प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएको छ । 

टीआरसीद्वारा सरकारको ध्यानाकर्षण

आयोग पदाधिकारीको मंगलबार बसेको बैठकले मानव अधिकार उल्लंघनका घटनामा छानबिन गर्ने अन्तर्राष्ट्रिय दायित्वबाट सरकार पन्छिन लागेको भन्दै त्यसो नगर्न पत्र लेख्ने निर्णय गरेको हो । ‘बुधबार सरकारलाई पत्र लेख्दै छौं’ आयोगका एक सदस्यले भने ।


आयोगमा तीन महिनादेखि सचिवसमेत नभएकाले प्रशासनिक काम अलपत्र परेको, कर्मचारी पुग्ने गरी दरबन्दी नदिँदा काम गर्न नसकेको, आर्थिक वर्षको बजेट अहिलेसम्म प्राप्त नभएको भन्दै आयोगले सरकारलाई छिटो समस्या फुकाइदिन आग्रहसमेत गरेको छ । ‘अहिले आयोगमा काम ठप्प छ,’ ती सदस्यले भने, ‘पीडितलाई न्याय दिने काममा सरकार उदासीन भएकाले अवस्था झनै बिग्रिन सक्ने सम्भावना देखिरहेका छौं ।’


प्रकाशित : श्रावण ३०, २०७५ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?