कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डी र ई ल्याउनेले ग्रेड वृद्धि परीक्षा दिन पाउने

काठमाडौँ — कक्षा १२ मा एउटा विषयमा डी र ई ग्रेड ल्याउने विद्यार्थीले पनि ग्रेड वृद्धि परीक्षा दिने पाउने भएका छन् । यसअघि राष्ट्रिय परीक्षा बोर्डले एउटा विषयमा कम्तीमा डी प्लस ल्याउनेले मात्र ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था गरेको थियो ।

डी र ई ल्याउनेले ग्रेड वृद्धि परीक्षा दिन पाउने

अधिकांश विश्वविद्यालयले कक्षा १२ मा डी प्लस ल्याएका विद्यार्थी स्नातक तहमा भर्ना हुन पाउने मापदण्ड तोकेपछि बोर्डले डी र ई ग्रेड ल्याउनेलाई पनि मौका परीक्षा दिने बाटो खुल्ला गरेको हो । यसका लागि पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद् बैठकले विद्यालय शिक्षामा अक्षरांक पद्धति (लेटर ग्रेडिङ) कार्यान्वयन कार्यविधि २०७२ संशोधन गरेको छ ।

संशोधनमा कक्षा ११ र १२ मा कुनै एउटा विषयमा डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई ग्रेड वृद्धि परीक्षा दिन मिल्ने प्रावधान ल्याइएको पाठ्यक्रम विकास विकास केन्द्रका कार्यकारी प्रमुख कृष्णप्रसाद काप्रीले जानकारी दिए ।

यद्यपि राष्ट्रिय परीक्षा बोर्डले उक्त निर्णय गरिसकेको छैन । परिषद्ले कार्यविधिमा गरेको उक्त संशोधनपछि बोर्डले पनि निर्णय गर्नेछ । यस वर्ष पहिलो पटक कक्षा १२ मा लेटर ग्रेडिङ प्रणालीअनुसार नतिजा प्रकाशन गरिएको थियो । प्रकाशित नतिजामा एउटा विषयमा मात्र डी प्लसभन्दा कम ग्रेड ल्याउने ६५ हजार विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने थिए ।

संशोधनपछि थप ५० हजार विद्यार्थी ग्रेड वृद्धिका लागि आवेदन दिएर परीक्षामा सहभागी हुन पाउनेछन् । ‘स्नातक तह अध्ययन गर्न वञ्चित हुने सक्ने विद्यार्थीको पक्षमा निर्णय लिएका हौं,’ काप्रीले भने, ‘डी र ई ग्रेड ल्याउने परीक्षार्थीे यसै वर्ष ग्रेड वृद्धि परीक्षा दिएर स्नातक तहमा भर्ना हुन पाउनेछन् ।’ शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको परिषद् बैठकले कार्यविधिमा संशोधन गर्ने निर्णय गरेको हो । बोर्डले आगामी भदौ १६ गतेका लागि ग्रेड वृद्धि परीक्षा तोकेको छ ।

प्रकाशित : भाद्र २, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?