कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश २ हुँदै नेपालको पानी जहाज कोलकाता पुग्छः प्रधानमन्त्री

सन्तोष सिंह

जनकपुर — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट भारतको कोलकाता जाने पानी जहाज प्रदेश २ बाट चल्ने बताएका छन् । शनिबार मध्यान्ह प्रदेश २ को प्रदेश सभालाई सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले नेपालको तीन नदीबाट पानी जहाज चाडै सुरु हुने बताएका हुन् ।

प्रदेश २ हुँदै नेपालको पानी जहाज कोलकाता पुग्छः प्रधानमन्त्री

भारतले सीमा क्षेत्रमा बाँध बनाएर नेपाल डुबाउन नमिल्ने बताएका छन् ।


यसैगरी सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफू तराईको विकासको लागि प्रतिवद्ध भएको दोहोर्‍याएका छन् । उनले हरेक प्रदेशको आ-आफ्नै विशेषता भएको बताउँदै तराई पनि उर्बरभूमी भएको उल्लेख गरे ।


यसका लागि आफू सिँचाइको लागि चाँडै भन्दा चाँडै काम गरिरहेको बताए । उनले तराइको विकासको लागि सहरी विकास मन्त्रालयले ७० प्रतिशत बजेट छुट्ट्याएको दाबी गरे ।


यसैगरी जनता आवास कार्यक्रम अनुसार प्रदेश २ को हरेक जिल्लामा १ बजार घर बनाउने योजना रहेको बताए । जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउने उनको दाबी छ ।


यसैगरी अबको ५ वर्षमा हुलाकी सडक पुरा गरिसक्ने पनि प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा बताए ।


उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो मित्रता राम्रो भएको बताउँदै दुई छिमेकीबीचको सम्बन्ध थप मजबुत बनाउने जनाए । उनले सरकारको उद्देश्य समृद्ध नेपाल सुखी नेपाल भएको र यो दुई छिमेकी ले पनि यही चाहेको बताए ।


सभा सुरु हुनासाथ राजपाका उपेन्द्र महतो, विशेश्वर प्रसाद यादव र गौरी नारायण साहले बैठक बहिस्कार गरेर प्रदेश सभाबाट बाहिरिएका थिए ।

यसैगरी प्रधानमन्त्री ओलीले प्रदेश २ मा मल कारखाना खोलिने बताए । उनले उखु कृषककाे सवालमा विशेष प्याकेज ल्याउने आश्वासन दिए । उनले किसानलाई अनुदान दिने पनि बताएका छन् ।

धार्मिकस्थलकाे संरक्षण र प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको ओलीले बताएका छन् । उनले भने, 'पर्यटकीय, औद्योगिक ग्राम निर्माण गर्ने, राजर्षी जनक विश्व विद्यालयको भौतिक अवस्थ सुधार, राजविराजमा मेडिकल कलेज स्थापना गर्छौं ।'


उनले रामराजाप्रसाद सिंहको नाममा मेडिकल कलेज स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए ।

जनकपुर फाेहरमुक्त बनाउन सरकारले अावश्यक पहल गर्ने सम्बोधनको क्रममा ओलीले बताएका छन् । ल्याण्ड फिल्ड साइट निर्माण हुन नसक्दा फाेहर व्यवस्थापनमा समस्या भएकाेले जमीन खाेज्न पहल सरकारले गर्ने उनको भनाइ थियो।

सीप विकास तालिम दिएर स्वराेजगार तथा दक्ष जनशक्ति उत्पादन गरिने पनि ओलीको भनाइ छ ।


बाबु वा अामा एक जनाको नेपाली नागरिकता भएकाे छाेराछाेरी जन्मकाे अधारमा नागरिकता पाउने जानकारी पनि उनले दिए ।

प्रकाशित : भाद्र २, २०७५ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?