कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कृष्ण अधिकारी हत्या मुद्दा: अदालत आएनन् नूरप्रसाद

चितवन — कृष्ण अधिकारी हत्या मुद्दाका जाहेरवाला नूरप्रसाद अधिकारी सोमबार अदालतमा हाजिर भएनन् । जाहेरकर्ता नआएपछि भदौ २४ गतेका लागि पेसी तोकिएको छ । अदालतले साउन २० मा जाहेरवालालाई बयानका लागि बोलाउन आदेश दिएको थियो ।

कृष्ण अधिकारी हत्या मुद्दा: अदालत आएनन् नूरप्रसाद

अदालतले ‘जाहेरवालालाई झिकाएर बयान लिनू’ भन्ने आदेश दिए पनि नूरप्रसाद सोमबार बयान दिन नआएको अदालतले जनाएको छ । उनी मृतक कृष्णका दाजु हुन् । २०६१ जेठ २४ गते गोरखा फुजेलका कृष्णको चितवन रत्ननगरमा हत्या भएको थियो । उनको हत्याको जिम्मेवारी तत्कालीन विद्रोही माओवादीले लिएको थियो । हत्यामा संलग्न भएकाहरूको खोजी गरी कारबाही माग गर्दै मृतकका बुबा नन्दप्रसाद र दाजु नूरप्रसादले चितवन प्रहरीमा जाहेरी दिएका थिए ।

अनशनकै क्रममा बुबा नन्दप्रसादको निधन भएसकेको छ । सदगत भने अझै हुन सकेको छैन । नूरप्रसाद एकमात्र जीवित जाहेरवाला हुन् । उनलाई झिकाएर बयान लिनु भन्दै अदालतले फागुन १३ मा पनि आदेश गरेको थियो ।

उनलाई झिकाउन अदालतले काटेको पत्र रितपूर्वक म्याद तामेल नभएको भन्दै फेरि साउन २० मा पनि बयानका लागि झिकाउने आदेश भएको हो । ‘उनी आएको भए बयान लिएर मुद्दाको प्रक्रिया अगाडि बढ्थ्यो । अब नआएपछि के हुन्छ भन्ने विषयमा भदौ २४ गतेको पेसीका दिन बस्ने इजलासबाट निर्णय हुनेछ,’ चितवन जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले भने ।

प्रकाशित : भाद्र ५, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?