कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितुवाको छालासहित सामुदायिक वनका अध्यक्ष पक्राउ 

दोलखा — चितुवाको छालासहित बैत्यश्वर गाउँपालिका काब्रेमा सामुदायिक वनका अध्यक्षसहित तीन जना पक्राउ परेका छन् । 

चितुवाको छालासहित सामुदायिक वनका अध्यक्ष पक्राउ 

पुच्छरसहितको लम्बाई ५ फिट ९ इच्च र चौडाई २ फिट ६ इन्च भएको चितुवाको छालासहित प्रहरीले भुसुने सुँगुरे सामुदायिक वनका अध्यक्ष नारद सुनुवारसहित तीन जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्ने अन्यमा बैत्यश्वर गाउँपालिका काब्रेका प्रदीप गजमेर र वेदबहादुर सुनुवार छन् ।उनीहरु चितुवाको छाला विक्री गर्न हिँडेको सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


सामुदायिक वनभित्र पासो लागाएर चितुवा मारेको र विक्रीका लागि हिडेको खुलेको प्रहरी नायब उपरीक्षक बासुदेव पाठकले जानकारी दिए । आरोपीहरुलाई जिल्ला वन कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ६, २०७५ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?