बिमस्टेक सम्मेलन : दुई राष्ट्रपतिले लुम्बिनी भ्रमण गर्ने

‘गोकर्ण रिसोर्टमा रिट्रिट तयारी’
कान्तिपुर संवाददाता

काठमाडौँ — बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक)को आसन्न शिखर बैठकमा सहभागी हुन काठमाडौं आउनेमध्ये म्यानमार र श्रीलंकाका राष्ट्रपति लुम्बिनी भ्रमणमा जाने भएका छन् ।  

भदौ १४–१५ मा हुन लागेको बिम्स्टेक चौथो शिखर सम्मेलनमा भाग लिन म्यानमार राष्ट्रपति विन मिन्ट मंगलबार अपरान्ह काठमाडौं आउँदैछन्। परराष्ट्र अधिकारीका अनुसार, राष्ट्रपति मिन्ट बुधबार लुम्बिनी भ्रमणमा जानेछन्। यसैगरी, सम्मेलन सकिएपछि आगामी शनिबार श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना लुम्बिनी भ्रमणमा जाने भएका छन्। श्रीलंकाली राष्ट्रपति सिरिसेना र भुटानका प्रधानन्यायाधीशबुधबार काठमाडौं आइपुग्नेछन्।

Yamaha

यसैगरी, शिखर बैठक सुरु हुने दिनमै आगामी बिहिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्ड प्रधानमन्त्री प्रयुत चान–ओ–चा र बंगालादेशका प्रधानमन्त्री शेख हसिना बाजेद काठमाडौं उत्रनेछन्। होटल सोल्टीमा संचालन हुने शिखर बैठकको अन्तिम दिन गोकर्ण रिसोर्टमा ‘रिट्रिट’ आयोजना गर्ने तयारी भैरहेको परराष्ट्रले जनाएको छ।

‘तर, गोकर्ण जाने सडकको अवस्था नाजुक रहेकाले विशिष्ठ अतिथीहरुलाई विमानस्थलबाट हेलिकोप्टरमा गोकर्ण लैजानेबारे परामर्श चलिरहेको छ,’ एक अधिकारीले भने।

सन् १९९७ मा स्थापना भएको बिमस्टेकको पहिलो सम्मेलन सन् २००४ मा बैंककमा भएको थियो। दोस्रो सम्मेलन भारत (२००८) र तेस्रो म्यानमार (२०१४)मा सम्पन्न भएको थियो।

Esewa Pasal

प्रकाशित : भाद्र ८, २०७५ ११:१६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध 

हरिहरसिंह राठौर

जुगेखोला (धादिङ) — रातभरको अविरल वर्षापछि गएको पहिरोले पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । थाक्रे गाउँपालिका-३ को भुमेस्थान र ५ को जुङेखोलामा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध भएपछि निकैलामो सवारीको लाइन लागेको छ । अवरुद्ध राजमार्ग एकतर्फी सुचारु गर्न सडक डिभिजनका २ वटा लोडर र डोजर प्रयोग गरिएको छ ।


प्रकाशित : भाद्र ८, २०७५ १०:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT