महिलाविरुद्धको हिंसा अन्त्य गर्ने सङ्कल्प प्रस्ताव प्रस्तुत

रासस

काठमाडौँ — प्रतिनिधिसभाको बैठकमा महिलाविरुद्धको हिंसा अन्त्य गर्न संकल्प प्रस्ताव प्रस्तुत भएको छ । सदनमा सङ्कल्प प्रस्ताव प्रस्तुत गर्न २२ जना सांसदले हस्ताक्षर गरी असार २१ गते संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । 

सदनको शुक्रबार बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तावलाई प्रस्तुत गरेका हुन् । सङ्कल्प प्रस्तावमा नेपालको संविधानबमोजिम नेपाल पक्ष राष्ट्र भएको महिलामाथि हुने सबै प्रकारका विभेद्विरुद्धको महासन्धिलगायत अन्तर्राष्ट्रिय अभिसन्धिहरुले शारीरिक, मानसिक, यौनजन्य मनोवैज्ञानिक एवं अन्य कुनै पनि प्रकारको महिला हिंसा अन्त्य गर्न माग गरिएको छ ।

Yamaha


दाइजोको निहुँमा हुने कुटपिट, अन्धविश्वास, शोषणविरुद्ध जनचेतना अभियान चलाई सामाजिक न्याय र समानताको लागि विद्यालय तहका पाठ्यक्रममा नै समावेश गर्न सरकारलाई निर्देशन दिइयोस् भन्ने प्रस्तावमा उल्लेख छ ।

सांसद विन्दा पाण्डे, पुष्पा भुसाल, रेखा शर्मा, कृष्णभक्त पोखरेल, निरु पाल, मैनाकुमारी भण्डारी, पार्वतीकुमारी विशङ्खे, बिनाकुमारी श्रेष्ठ, लक्षमीकुमारी चौधरी, नवराज रावत, तुल्सी थापा, अमृता थापालगायत २२ सांसदले उक्त प्रस्ताव दर्ता गराएका हुन् ।

प्रकाशित : भाद्र ८, २०७५ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बिमस्टेक सम्मेलन : दुई राष्ट्रपतिले लुम्बिनी भ्रमण गर्ने

‘गोकर्ण रिसोर्टमा रिट्रिट तयारी’
कान्तिपुर संवाददाता

काठमाडौँ — बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक)को आसन्न शिखर बैठकमा सहभागी हुन काठमाडौं आउनेमध्ये म्यानमार र श्रीलंकाका राष्ट्रपति लुम्बिनी भ्रमणमा जाने भएका छन् ।  

भदौ १४–१५ मा हुन लागेको बिम्स्टेक चौथो शिखर सम्मेलनमा भाग लिन म्यानमार राष्ट्रपति विन मिन्ट मंगलबार अपरान्ह काठमाडौं आउँदैछन्। परराष्ट्र अधिकारीका अनुसार, राष्ट्रपति मिन्ट बुधबार लुम्बिनी भ्रमणमा जानेछन्। यसैगरी, सम्मेलन सकिएपछि आगामी शनिबार श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना लुम्बिनी भ्रमणमा जाने भएका छन्। श्रीलंकाली राष्ट्रपति सिरिसेना र भुटानका प्रधानन्यायाधीशबुधबार काठमाडौं आइपुग्नेछन्।

यसैगरी, शिखर बैठक सुरु हुने दिनमै आगामी बिहिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्ड प्रधानमन्त्री प्रयुत चान–ओ–चा र बंगालादेशका प्रधानमन्त्री शेख हसिना बाजेद काठमाडौं उत्रनेछन्। होटल सोल्टीमा संचालन हुने शिखर बैठकको अन्तिम दिन गोकर्ण रिसोर्टमा ‘रिट्रिट’ आयोजना गर्ने तयारी भैरहेको परराष्ट्रले जनाएको छ।

‘तर, गोकर्ण जाने सडकको अवस्था नाजुक रहेकाले विशिष्ठ अतिथीहरुलाई विमानस्थलबाट हेलिकोप्टरमा गोकर्ण लैजानेबारे परामर्श चलिरहेको छ,’ एक अधिकारीले भने।

सन् १९९७ मा स्थापना भएको बिमस्टेकको पहिलो सम्मेलन सन् २००४ मा बैंककमा भएको थियो। दोस्रो सम्मेलन भारत (२००८) र तेस्रो म्यानमार (२०१४)मा सम्पन्न भएको थियो।

प्रकाशित : भाद्र ८, २०७५ ११:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्