कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिमस्टेक सम्मेलन : भारतीय प्रधानमन्त्रीसँग रेल्वेसहित दुईवटा छुट्टै सम्झौत

म्यानमारका प्रधानमन्त्री र श्रीलंकका राष्ट्रपति लुम्बिनी जाने
बुद्धिष्ट सर्किट बनाउने विषयमा नेपालको विशेष जोड हुने छ : परराष्ट्रमन्त्री 
कृष्ण आचार्य

काठमाडौँ — आगामी १४ र १५ हुने बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीकाको प्रयास (बिमस्टेक) सम्मेलनको अवसरमा भारत र नेपालबीच छुट्टै दुई सम्झौता हुने भएका छन् ।परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीका अनुसार रक्सौल–काठमाडौं रेल्वे र बल्क कार्गो सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको हो ।

बिमस्टेक सम्मेलन : भारतीय प्रधानमन्त्रीसँग रेल्वेसहित दुईवटा छुट्टै सम्झौत

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थीत कार्यक्रममा उक्त सम्झौता हुने भएका हुन् ।

बिमस्टेक बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री

ज्ञावलीले सबै तयारी पुरा भएको बताएका छन् । उनका अनुसार बिमस्टेक सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुले बैठकमा आउने निधो गरी नेपाललाई जानकारी पठाइसकेका छन् ।

बैठकमा बंगलादेशकी प्रधानमन्त्री शेख हसीना, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति राष्ट्रपति मैथ्रिपाला सिरीसेना, थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा, म्यानमारका प्रधानमन्त्री वीन मिन्ट, भुटानका अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष छिरिङ तोग्वे सहभागी हुने भएका हुन् ।

‘आगामी १२, १३ र १४ गते सबै प्रमुखहरु आउनु हुने छ,’ परराष्ट्रमन्त्री ज्ञावलीले भने, ‘बैठकको तयारीको अन्तिम चरणमा छौं । सानातिना कामहरु मात्रै बाँकी छन् ।’ श्रीलंकका राष्ट्रपती मैथ्रिपाला र म्यानमारका प्रधानमन्त्री वीन मिन्ट लुम्बिनी भ्रमणमा जाने कार्यतालिका तय भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति दर्शन गर्ने र धर्मशाला उद्घाटन गर्ने कार्यक्रम छ ।

बैठकको तयारीका लागि १२ गते विदेश मामिला सचिवहरुको बैठक हुने छ । १३ गते विदेश मामिला मन्त्रीहरुको बैठक बस्ने छ । यी दुई बैठकले बिमस्टेक बैठकका ऐजेन्डा र छलफलका विषयहरुलाई अन्तिम रुप दिने कार्यक्रम रहेको परराष्ट्रमन्त्री ज्ञावलीले बताए ।

उनका अनुसार पाँचवटा क्षेत्रमा केन्द्रित रहेर बैठक सञ्चालन हुने छ । कनेक्टीभिटि, गरिबि निवारण, व्यापार र लगानी, जलविद्युत र जलवायु परिवर्तन सम्बन्धी ऐजेन्डामा छलफल हुने छ । ‘बिमस्टेक सदस्य राष्ट्रहरुबीचको महत्वपूर्ण विषय लगायत बुद्धिष्ट सर्किट बनाउने विषयमा नेपालको विशेष जोड हुने छ,’ उनले भने ।

बैठकमा बिमस्टेक सदस्य राष्ट्रहरु भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका, थाइल्यान्ड र आयोजक नेपालका राष्ट्रप्रमुख, विदेशमन्त्री र राज्य मन्त्रीहरु सहभागी हुने छन् । चार वर्ष अघिबाट अध्यक्ष भएको नेपाल आयोजक राष्ट्र हो ।

यो संगठन सन् १९९७ मा स्थापना भएको हो । यसको पहिलो सम्मेलन थाइल्याण्डमा सन् २००४ मा भएको थियो । दोस्रो भारतमा सन् २००८ मा भएको थियो । तेस्रो शिखर सम्मेलन ६ वर्षपछि सन २०१४ मा म्यानमारमा भएको थियो । त्यसपछिको अध्यक्ष नेपाल हो । कार्य तालिका अनुसार नेपालमा चौथो सम्मेलन हुन लागेको हो । आयोजक राष्ट्रको व्यवस्थापन गर्ने प्रमुख निकाय परराष्ट्र मन्त्रालयले बैठकका लागि तयारी अन्तिम चरणमा रहेको जनाएको छ ।


प्रकाशित : भाद्र ८, २०७५ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?