कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारी सम्पत्ति लक्षित अाक्रमण हुँदा कञ्चनपुरमा दुखद् घटना : गृह मन्त्रालय 

काठमाडौँ — किशोरीको बलात्कारपछि हत्या घटनामा प्रहरी अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका स्थानीयमाथि दुखद् घटना भएको गृह मन्त्रालयले जनाएको छ । 

सरकारी सम्पत्ति लक्षित अाक्रमण हुँदा कञ्चनपुरमा दुखद् घटना : गृह मन्त्रालय 

शुक्रबार राति बिज्ञप्ती जारी गर्दै गृहले सरकारी सम्पत्ति तथा धनजनको क्षति पुग्ने गतिविधि हुन थालेपछि स्थितिलाई सामान्यीकरण गर्न र स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्दा उक्त घटना भएको भन्दै सम्पूर्ण घटनाको निष्पक्ष छानबिन गरिने जनाएको छ ।

उच्च स्तरीय छानबिन समितिले काम सुरु गरिसकेकाले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारवाही गर्नमा सबैलाई सहयोग गर्न अनुरोध गरेको छ ।

प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा शुक्रबार महेन्द्रनगर, भगतपुरका १४ वर्षीय सन्नी खुनाको मृत्यु भएको थियाे । शुक्रबारको घटनामा प्रहरीको गोली र लाठीचार्जबाट २४ जना घाइते भएका छन् ।


गत मंगलबारदेखि चर्किएको आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच पटक पटक झडपको अवस्था सृजना भएको थियो । बिहीबार दिउँसो प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउदा ६ जना घाइते भएका थिए ।

प्रकाशित : भाद्र ९, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?