कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

किशोरी हत्या प्रकरणः भीमदत्तमा आज पनि कर्फ्यू कायमै

भवानी भट्ट

कञ्चनपुर — जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिकाको ४ र १८ नम्बर वडामा शुक्रबार रातिदेखि लगाएको कर्फ्यू शनिबार पनि कायमै छ । १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या गर्नेको सहि पहिचान गरी कारबाही गर्न माग गर्दै गरिएको आन्दोलन एकाएक हिंसात्मक बनेपछि स्थानीय प्रशासनले शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरेको थियो । 

किशोरी हत्या प्रकरणः भीमदत्तमा आज पनि कर्फ्यू कायमै

स्थानीय प्रशासनले आन्दोलनबाट जनधनको क्षति नहोस् भनेर कर्फ्यू लगाएको जनाएको छ । आज कर्फ्यू लगाइएको क्षेत्रका स्थानीय घरबाट बाहिरन निस्कन नपाएपछि जनजीवन प्रभावित बनेको छ ।


स्थानीय प्रशासन ऐन २०२८ को दफा १६ ‘क’ बमोजिम कर्फ्यू जारी गरिएको प्रजिअ खड्काले जानकारी दिए ।


शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा निकायको बैठकले पूर्वमा भीमदत्त नगरपालिका-१८ को जनज्योति चोक भासी हुँदै कारागारसम्म, पश्चिममा भीमदत्त नगरपालिका-६ को त्रिपुरा युवा क्लव बनगाउँदेखि वडा नं-१५ को निंगलाशैनी स्कुलसम्म, उत्तरमा खैरानी चोक र दक्षिणमा सीप विकास केन्द्रदेखि मदन भण्डारी स्कुलसम्म कर्फ्यू लगाउने निर्णय गरेको थियो


आन्दोलनले स्थिति उग्र बनेपछि स्थानीय प्रशासनको पहलमा शनिबार बिहान सर्वदलीय बैठक बोलाइएको छ । जिप्रकामा बैठक जारी छ । बैठकमा सुरक्षा निकाय प्रमुख, राजनीति दल, नागरिक समाज, विभिन्न सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि सहभागी छन् ।


कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले दोषीलाई उम्काउने कोशिस गरेको भन्दै स्थानीयले गत मंगलबारदेखि प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित : भाद्र ९, २०७५ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?