कञ्चनपुर घटनाको मिहीन छानबिन गर : नेकपा

काठमाडौँ — सत्तारूढ दल नेकपाले कञ्चनपुरकी निर्मला पन्तको हत्या घटनाको मिहीन छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारलाई आग्रह गरेको छ ।

कञ्चनपुर घटनाको मिहीन छानबिन गर : नेकपा

नेकपाको शनिबार बसेको सचिवालय बैठकले छानबिनमा कुनै कमजोरी नगर्न र शंकास्पद सबैलाई छानबिन दायरामा ल्याउनसमेत सरकारको ध्यानाकर्षण गराएको छ । उक्त घटनाको छानबिन माग गर्दै भएको आन्दोलन चर्किएपछि तत्काल समस्या समाधानको बाटो पहिल्याउन भन्दै आकस्मिक बैठक बसेको हो ।


प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले दोषी छिटो पत्ता लगाई जो भए पनि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । उक्त प्रकरणमा प्रहरी अधिकारीकै आफन्तको संलग्नता आशंका गर्दै स्थानीयले आन्दोलन चर्काएका थिए । नेकपा सचिवालयमा प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा, रक्षामन्त्री ईश्वर पोखरेलसमेत छन् । बैठकमा हत्या प्रकरणको प्रारम्भिक छानबिनमा भएको कमजोरीले आन्दोलन उठ्ने अवस्था आएको नेताहरूले बताएका थिए ।

प्रकाशित : भाद्र ९, २०७५ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?