पोखरामा पनि किशोरीको शव

दीपक परियार

लेखनाथ — विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता एक किशोरीको रहस्यमय मृत्यु भएको छ । पोखरा–१९, लामाचौरकी १३ वर्षीया पुष्पा केसीको शव शुक्रबार घरभन्दा साढे दुई किलोमिटर पर भेटिएको हो ।

विन्ध्यवासिनी मावि बाटुलेचौरमा कक्षा ६ मा अध्ययनरत उनी बिहीबारदेखि हराइरहेकी थिइन् । पारिवारिक स्रोतका अनुसार विद्यालयको बसले साढे ४ बजे घरभन्दा सय मिटर वर छोडेको थियो । बहिनीसँगै स्कुल बस चढेर फर्किंदै गरेकी उनी तरकारी किन्न भन्दै केही वरै झरेकी थिइन् ।

तर अबेरसम्म घर पुगिनन् । घर नआएपछि बुबा नृपेन्द्र खत्री र आमा गोमा केसीले यताउता खोज्न थाले । छोरी साथीको घरमा गएको आशंकामा त्यो दिन प्रहरीलाई खबर गरेनन् । शुक्रबार विद्यालय जाने बेलासम्म पनि नआएपछि उनीहरूले विद्यालयमा खबर गरे ।

प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षको पहलमा परिवारले वडा प्रहरी कार्यालय बगरमा निवेदन दिए । किशोरी हराएको होहल्ला भएपछि स्थानीयले खोजतलास गर्न थाले । बेलुका ६ बजे उनको शव शैलजा स्मृति पार्कमुनि फापरतहरोको झाडीमा भेटियो । जिल्ला प्रहरी कार्यालयको टोलीले शव पोस्टमार्टमका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍यायो । एक प्रत्यक्षदर्शीका अनुसार विद्यालय पोसाकमै किशोरीको शव भेटिएको थियो । बेल्टसहितको स्कर्ट शवनजिकै मिल्किएको थियो । दुवै जुत्ता खुट्टामा थिएनन् । झार मडारिएको थियो ।

देब्रे हातले घाँस समातेको थियो । स्कुल ब्याग भने भीरमाथि नै प्लटिङ गरेको स्थलमा थियो । रजस्वला भएको ६ दिन भएकाले प्याड लगाएकी थिइन् । योनीबाट रगत बगिरहेको थियो । शरीरबाहिर कुनै चोटपटक लागेको थिएन ।

पोस्टमार्टमा संलग्न चिकित्सकले किशोरीका आफन्तलाई शनिबार आएको पोस्टमार्टम रिपोर्ट पढेर सुनाएका थिए । रिपोर्टमा जनाइएअनुसार उनको मृत्यु ‘हेड इन्जुरी’ को कारणले भएको देखाएको छ । टाउकोको देब्रेपट्टि चोट लाग्दा गिदी फुट्न गई रगत जमेको रिपोर्टमा उल्लेख छ । योनीको झिल्ली नच्यातिएको र देब्रेपट्टिकै काखीमुनिको भित्री भागमा चोट लाग्दा फोक्सोमा पनि रगत जमेको रिपोर्टमा जनाइएको छ ।

Yamaha

कास्कीका प्रहरी प्रमुख ओमबहादुर रानाले भने पोस्टमार्टमको आधिकारिक रिपोर्ट आइनसकेको बताएका छन् । ‘अझै थप परीक्षण गर्न काठमाडौं लैजानुपर्ने अवस्था छ,’ उनले भने, ‘हामी घटनाको अनुसन्धानकै चरणमा छौं ।’ उनले किशोरीका मिल्ने साथी, कक्षा शिक्षक, बस चालक, सहचालकलगायतसँग सोधपुछ गर्ने क्रम चलिरहेको बताए । किशोरीका आफन्तले तरकारी किन्न भनेर झरे पनि भीरतिर जानुपर्ने कुनै कारण नभएकाले उनको हत्या भएको दाबी गरेका छन् । उनका काका ध्रुव केसीले पुष्पाको हत्या नै भएको भन्दै छानबिन माग गरेका छन् । घटनाको सत्यतथ्य छानबिन नहुँदासम्म शव नबुझ्ने उनको अडान छ ।

किशोरीका बुवा नेपाली सेनाका अवकाशप्राप्त हवल्दार हुन् । उनी गण्डकी आवासीय विद्यालयमा सुरक्षा गार्डको काम गर्छन् । तीन छोरीमध्ये हत्या गरिएकी किशोरी माइली हुन् । उनका एक दाजु पनि छन् । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य किशोरीको पढाइ मध्यमस्तरको रहेको बताउँछन् । ‘अरूसँग धेरै नबोल्ने, सोझी किसिमकी थिइन्,’ उनले भने । उनको आँखा कमजोर भएकाले चस्मा लगाउँथिन् ।

Esewa Pasal

प्रकाशित : भाद्र १०, २०७५ ०७:०४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चीनमा आगलागीले १९ को मृत्यु 

एएफपी

बेइजिङ — चीनको एक होटलमा शनिबार भएको भएको आगलागीमा परि कम्तीमा १९ को मृत्यु भएको छ । २३ घाइते छन् ।

उत्तरपूर्वी हेइलोङजिआङ प्रान्तको राजधानी हर्बीनको होटलमा शनिबार विहानै आगलागी सुरु भएको अधिकारीले जनाएका छन् । चीनीयाँ सरकारी समाचार संस्था सिन्हवाका अनुसार आगलागीमा १९ को मृत्यु भइसकेको पुष्टि भएको जनाएको छ ।

स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यले उद्धारकार्य जारी रहेको जनाएका छन् । ‘घटनाका कारणका बारेमा अनुसन्धान भइरहेको छ, विस्तृत विवरण आउन बाँकी नै रहेको छ,’ एक अधिकारीले भने ।
चिनमा होटलमा आगलागीका घटना बारम्बार हुने गरेका छन् । सुरक्षा सतर्कता नअपनाइने तथा मर्मतमा वेवास्ता गरिने भएकाले आगलागीका घटनामा वृद्धि हुने गरेको बताइएको छ ।

यसअघि गत अप्रिलमा चीनको दक्षिणी क्षेत्रमा भएको आगलागीमा परी १८ जनाको ज्यान गएको थियो । त्यसैगरी गत नोभेम्बरमा आगलागीमा परि १९ को मृत्यु भएको थियो ।

प्रकाशित : भाद्र ९, २०७५ २१:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT