कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किशोरी हत्या प्रकरण : कर्फ्यू खुकुलो पारिदै[अपडेट]

भवानी भट्ट

कञ्चनपुर — १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घट्नाको उचित अनुसन्धानको माग गर्दै चर्केको आन्दोलनमा झडप भएपछि स्थानीय प्रशासनले लगाएको कर्फ्यू आईतबार ६ देखि १० बजेसम्मका लागि हटाइएको छ ।

किशोरी हत्या प्रकरण : कर्फ्यू खुकुलो पारिदै[अपडेट]

१३ वर्षीया किशाेरीकाे बलात्कार र हत्याकाे विषयलाई लिएर आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले बिहीबार साँझ देखि नै कर्फ्यू अादेश जारी गरेकाे थियाे ।

शुक्रबार बिहान कर्फ्यू हटेपछि दिउँसाे फेरि अान्दाेलन चर्किएकाे थियाे । शुक्रबार बेलुकी पाँच बजेदेखि जारी कर्फ्यू अाइतबार ५ घण्टाका लागि हटाइएकाे थियाे ।

राति १० बजेबाट पुन:लागू भएर सोमबार बिहान ५ बजेसम्म जारी रहने जिल्ला प्रशासन कार्यालयका प्रशाकीय अधिकृत उदयराज जोशीले जानकारी दिए ।

सोमबार ५ देखि १२ बजेम्म कर्फ्यू लागू नहुने र १२ बजेदेखि फेरी अर्को निर्णय नहुँदासम्म जारी रहने उनले जानकारी दिए । ‘कर्फ्यू जारी नै छ, लामो समयदेखि लागू भएका कारण असहज हुँदा केहि खुकुलो पार्न मात्रै खोजिएको हो’ जोशीले भने ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले दोषीलाई उम्काउने कोशिस गरेको भन्दै स्थानीयले प्रदर्शन गर्दै अाएका थिए ।

प्रदर्शनका क्रममा प्रहरीकाे गाेलीबाट शुक्रबार महेन्द्रनगर, भगतपुरका १४ वर्षीय सन्नी खुनाको मृत्यु भएको थियाे । प्रहरीको गोली र लाठीचार्जबाट २४ जना घाइते भएका छन् । बिहीबार प्रहरीले चलाएको गोली लागेर ८ जना प्रदर्शनकारीको ढुंगा प्रहारबाट ४ जना प्रहरी घाइते भएका थिए ।

अाइतबार बिहान कर्फ्यू हटाइएका बेला गाेली लागेर मृत्यू भएका बालक सनी खुनाको दाहसंस्कर गरिएको छ ।

प्रदेश सरकारले ५/५ लाख दिने

बलात्कारपछि हत्या गरिएको किशोरीका परिवार र शुक्रबार गोली लागेर मृत्यु भएका सनि खुनाका परिवारलाई प्रदेश सरकारले ५/५ लाख दिने निर्णय गरेको छ ।

आईतबार पीडित परिवारलाई भेट्न पुगेका प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले उक्त जानकारी गराएका हुन् ।

यसका साथै पीडितलाई न्याय दिन र अपराधीलाई कडा भन्दा कडा कारवाही गर्न प्रदेश सरकार प्रयासरत रहेको उनले जानकारी दिए ।

प्रकाशित : भाद्र १०, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?