कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालका धेरै संभावनाहरु छन् : अमेरिकी उपसहायकमन्त्री 

काठमाडौँ — अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला उपसहायक मन्त्री एलिस जि. वेल्स र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा मन्त्री वेल्सले नेपालमा धेरै संभावनाहरु रहेको बताएका छन् । 

नेपालका धेरै संभावनाहरु छन् : अमेरिकी उपसहायकमन्त्री 

दाहालको सचिवायलबाट जारी प्रेस नोट अनुसार भेटका अवसरमा मन्त्री वेल्सले नेपालको राजनीतिक स्थायित्वमा महत्वपूर्ण योगदान दिएको भन्दै दाहालको प्रशंसासमेत गरेका थिए । 'नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण विश्वका लागि मोडल भएको बताउनुभयो' प्रेस नोटमा भनिएको छ, ‘नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न देश हो । यहाँ धेरै सम्भावनाहरु रहेका छन् ।’


खुमलटारस्थित दाहाल निवासमा भएको भेटका क्रममा नेपालको आर्थिक समृद्धिमा अमेरिकी सहयोग र समर्थन बारे चर्चा भएको बताइएको छ । ‘नेपालको शान्ति प्रक्रिया, गणतन्त्रको घोषणा र संविधान निर्माण हुँदै त्यसको सफल कार्यान्वयनमा अमेरिकी जनता र सरकारको सद्भावका लागि धन्यवाद छ' दाहालको भनाइ उदृत गर्दै प्रेस नोटमा भनिएको छ ।


दाहालले भौतिक पूर्वाधारको निर्माण, पर्यटन क्षेत्रको विकास, जलविद्युत उत्पादन र कृषिमा आधारित उद्योगको विकासमा अमेरिकी सहयोग आवश्यक रहेको पनि उल्लेख गरेका थिए । 'त्यसका लागि लगानीको सुरक्षा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो' नोटमा भनिएको छ .


प्रकाशित : भाद्र १०, २०७५ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?