कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्राणी शास्त्रका प्राध्यापकहरु आन्दोलित

रासस/याेन्हाप

काठमाडौँ — कनिष्ठलाई प्रमुखको जिम्मेवारी दिइएको भन्दै त्रिभुवन विश्वविद्यालय प्राणी शास्त्र केन्द्रीय विभागका प्राध्यापकहरुले कक्षा बहिष्कार गरेका छन् । 

प्राणी शास्त्रका प्राध्यापकहरु आन्दोलित

यही भदौ ८ गतेदेखि विभागका वरिष्ठ प्राध्यापकले कक्षा बहिष्कार गरेका हुन् ।


उपकुलपतिको कार्यालयले भदौ ६ गते प्रा डा तेजबहादुर थापालाई विभागको प्रमुखमा नियुक्ति दिएपछि वरिष्ठ प्राध्यापकहरु आन्दोलनमा उत्रिएका हुन् ।


प्रमुख थापाभन्दा वरिष्ठ प्राध्यापकहरु सूर्यरत्न गुभाजु, प्रा डा रञ्जना गुप्ता, प्रा डा रमेशकुमार श्रेष्ठ, प्रा डा कुमार सापकोटा तथा प्रा डा नन्दबहादुर सिंह रहेका छन् ।


प्रा डा नन्दबहादुर सिंहले विभागको ५३ वर्षको इतिहासमा वरिष्ठलाई पन्छाएर कनिष्ठलाई प्रमुख बनाइएको बताए ।

प्रकाशित : भाद्र १०, २०७५ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?