कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनेकै व्यक्तिबाट १४ वर्षीया किशोरी बलात्कृत

जनकराज सापकोटा

काठमाडौँ — शनिबार साँझ ६ बजेतिरको कुरा हो । नेपालटारस्थित एक खाजाघरकी साहुनी आलसतालसमा थिइन् । पसलकी कामदार केटी मिलिक्क हराएपछि उनी अत्तालिइन् । 

चिनेकै व्यक्तिबाट १४ वर्षीया किशोरी बलात्कृत

उनले सुरुमा त पसलकै छेउकुनामा खोजिन् । नपाएपछि बाहिरफेर चाहर्न थालिन । एकै छिनमा उनले किशोरीलाई ट्वाइलेटभित्र देखिन् । ट्वाइलेटमा किशोरी एक्लै थिइनन्, उनको साथका एक युवक पनि थिए ।


ट्वाइलेटबाट बाहिर निकालेर सोधपुछ गरेपछि किशोरीले आफूलाई युवकले जर्बजस्ती बलात्कार गरेको बताइन् । लगत्तै स्थानीयले महानगरिय प्रहरी वृत्त बालाजुमा फोन गरे । पसलमा नियमित खाजा खान आउने बाजुरा स्थायी घर भई नेपालटार बस्ने १८ वर्षीय साजन बोहोरालाई स्थानीयले नियन्त्रणमा लिएका थिए । बालाजु बृत्तका डिएसपी चिरञ्जिवी कोइरालाका अनुसार किशोरीले आफूलाई युवकले इच्छाविपरित जर्बजस्ती ट्वाइलेट लगेर बलात्कार गरेको बयान दिएकी छिन् । प्रहरीका अनुसार किशोरी नाबालिग भएका कारण खाजा पसलकी साहुनीले साजन विरुद्ध किटानी जाहेरी दिएकी छिन् ।


डिएसपी कोइरालाका अनुसार नियमित खाजा खान आउने क्रममा साजनको किशोरीसित चिनजान भएको थियो । सामान्य चिनजानकै आधारमा उनले किशोरीमाथी बलात्कार गरेको घटनाक्रमले देखाउँछ । प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालतबाट थप अनुसन्धानका लागि बोहोरालाई हिरासतमा राख्न ५ दिनको म्याद लिएको छ ।

प्रकाशित : भाद्र १०, २०७५ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?