कञ्चनपुर — १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानको माग गर्दै चर्केको आन्दोलन पश्चात् स्थानीय प्रशासनले महेन्द्रनगर बजार क्षेत्रमा लगाउदै आएको कर्फ्यू सोमबार साँझ ६ बजेसम्मका लागि हटाइएको छ ।
यसअघिको दिउँसो १२ बजेदेखि लागु हुने निर्णय स्थगित गर्दै साँझ ६ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उदयराज जोशीले जानकारी दिए ।
जिल्ला सुरक्षा समितिको बैठकले अवस्था सामान्य हुँदै गएपछि पूर्व निर्धारित कर्फ्यूको निर्णय परिवर्तन गरेको हो । गत शुक्रबार प्रहरीले चलाएको गोली लागेर १ बालकको मृत्यु पश्चात स्थानीय प्रशासनले कर्फ्यू लगाएको थियो । आइतबारदेखि कर्फ्यू केही खुकुलो पार्दै लगेको हो ।
सोमबार बिहान ५ बजेदेखि नै कर्फ्यू हटेपछि महेन्द्रनगर बजार क्षेत्रमा चहलपहल बढेको छ । झण्डै एक सातापछि बजार खुलेको छ । यातायात पनि सुचारु भएको छ । बजारमा किनमेल गर्नेहरुको भीड बढेको छ । बैंक तथा वित्तिय संस्थाहरुमा सेवाग्राहीको चाप बढेको देखिन्छ । प्रकाशित : भाद्र ११, २०७५ १२:३७
काठमाडौँ — स्थानीय तहमा अब्यवस्थित ढंगले कर उठाएको गुनासो बढेपछि प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नो दलबाट स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका जनप्रतिनिधिको भेला बोलाएर प्रशिक्षण र अन्तरक्रिया आयोजना गरेको छ ।
पार्टीकाेकेन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार केन्द्रिय कार्यालय सानेपामा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो।
स्थानीय तहमा करको अवस्था बारे जानकारी लिएर रणनीति बनाउने र जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुदृढ बनाउन कायृक्रम आयोजना गरिएको हो।
कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहमा जथाभावी कर उठाएर संघीयता कम कमजोर हुने भएकाले संघीयता बलियो बनाउने खालका काम गर्न निर्देशन दिएका छन्।