माइतीघरमा कुची र क्यान्डल !
काठमाडौँ — बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको आत्माको चीर शान्तिको कामना र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ ।
माइतीघर 'मण्डलामा कुची र क्यान्डल' भन्ने नाराका साथ कालाकारहरुले क्यानभास कोरे । सो प्रदर्शनीमा कार्टुनिस्ट साथै कलाकारहरुले क्यानभासमा आफ्नो कला मार्फत् विरोध जनाएका थिए । साथै सहभागीहरुले क्यान्डल बाली साथ दिएका थिए ।