म्यानमारका राष्ट्रपति काठमाडौंमा

तस्बिर : अंगद ढकाल

काठमाडौँ — म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौं आइपुगेका छन् । राष्ट्रपति मिन्ट बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा भाग लिनका लागि मंगलबार अपराह्न काठमाडौं आइपुगेका हुन् । उनलाई स्वागत गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल विमानस्थल पुगेका थिए ।

उनी सम्मेलन सुरु हुनु दुई दिनअगावै यहाँ आएका हुन्। बिमस्टेक सम्मेलन बिहीबार सुरु हुँदैछ। सम्मेलनमा बंगलादेश, भारत, श्रीलंका, थाइल्यान्ड, म्यानमार, भुटानलगायतका राष्ट्रप्रमुखहरुले भाग लिनेछन्।

Yamaha

म्यानमारका राष्ट्रपति मिन्टले १४ गते राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्नेछन् भने १६ गते लुम्बिनी भ्रमणमा जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सन् १९९७ मा स्थापना भएको बिमस्टेकको चार वर्षअघिबाट नेपाल अध्यक्ष राष्ट्र हो। बिमस्टेकको पहिलो सम्मेलन थाइल्यान्डमा सन् २००४ मा भएको थियो। दोस्रो भारतमा सन् २००८ मा भएको थियो। तेस्रो शिखर सम्मेलन ६ वर्षपछि सन् २०१४ मा म्यानमारमा भएको थियो। त्यसपछिको अध्यक्ष नेपाल हो। कार्यतालिकाअनुसार नेपालमा चौथो सम्मेलन नेपालले गर्न लागेको हो।

Esewa Pasal

प्रकाशित : भाद्र १२, २०७५ १५:२२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

किन स्थगित गरे दाहालले लखनऊ भ्रमण ?

सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र र बाहिरबाट हुने सक्ने आलोचना र विवादबाट बच्न सार्वजनिक रुपमा सार्वजनिक चर्चामा नआएको आफ्नो पूर्वनिर्धारित लखनऊ यात्रा अन्तिम समयमा आएर स्थगित गरेका छन् । 

दाहाल यही भदौ १६ मा लखनऊमा आयोजना हुने ‘हिन्दुस्तान शिखर समागम’ मा सहभागी हुने कार्यक्रम थियो। भारतीय हिन्दु दैनिक हिन्दुस्तान प्रमुख आयोजक रहेको उक्त कार्यक्रममा दाहाललाई वक्ताका रुपमा बोलाइएको थियो।

तर, लखनऊमा दाहालले सम्बोधन गर्ने कार्यक्रम मात्र एक घन्टाको थियो। त्यही ‘एक घन्टे’ कार्यक्रमका लागि नेकपा अध्यक्ष दाहाल आगामी शुक्रबार दिल्ली हुँदै लखनऊ जाने तय भएको थियो।

त्यसो त दाहाल भदौको अन्तिम साता भारत सरकारको निमन्त्रणमा दिल्ली आउने कार्यक्रम यसअघि नै तय भइसकेको छ। २२–२७ भदौमा हुने दाहालको साताव्यापी दिल्ली बसाई उच्चस्तरीय राजनीतिक भेटघाट केन्द्रित हुने बताइएको छ।

विमस्टेक सम्मेलनसँगै एकसाताभित्रै दुई पटक भारत भ्रमणमा जाँदा पार्टीभित्र र बाहिरबाट हुनसक्ने सम्भावित आलोचनालाई ध्यानमा राख्दै लखनऊ भ्रमण स्थगित गरिएको स्रोतको दाबी छ।

साथै पाकिस्तानी मूलका क्यानाडाली लेखक तथा अधिकारकर्मी तारिक फतह समेत कार्यक्रममा वक्ता रहेको हुँदा प्रचण्डको उपस्थिति विवादमा तानिने प्रबल सम्भावना थियो। पाकिस्तानका चर्को आलोचक रुपमा चिनिने फतह भारतीय जनता पार्टी निकट मानिन्छन्।

त्यसो त कार्यक्रमको प्रकृति र अन्य आगन्तुकका बारेमा नबुझि कार्यक्रममा सहभागिता जनाउनु नेपाली राजनीतिज्ञहरुका लागि नौलो कुरा भने होइन। दुई वर्षअघि भारतको गोवामा भाजपा निकट थिंक ट्याकं इण्डिया फाउण्डेशनले आयोजना गरेको एउटा कार्यक्रम सहभागी भएका कारण पूर्वप्रधानमन्त्री तथा नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा विवादमा तानिएका थिए।

उक्त कार्यक्रममा तिब्बती धर्मगुरु दलाई लामाका प्रतिनिधि लोब्सागं सांगे समेत सहभागी हुने पूर्वजानकारी हुँदाहुँदै पनि भाग लिएकोमा देउवाको पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भएको थियो।

तर, दाहालको सचिवालयले भने काठमाडौंमा हुन गईरहेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडी देशहरुको प्रयास (बिमस्टेक) सम्मेलन र त्यसमा सहभागी हुन आउने विशिष्ट पाहुनासँग दाहालको भेट तय भएको कारण भ्रमण स्थगित गराएको जनाएको छ।

‘बिमस्टेकमा आउने विदेशी पाहुनासँग भेटघाट तय भएकाले नजाने निर्णय भयो,’ दाहालका निजी सचिव जोखबहादुर महराले कान्तिपुर लाई भने। ‘विमस्टेकमा आउने विदेशी विशिष्ट पाहुनाहरुसँग भेट निश्चित भएकाले लखनऊको कार्यक्रममा वहाँ आउन नसक्ने जानकारी आज बिहान मात्र (मगंलबार) पाएका छौँ’ आयोजक स्रोतले कान्तिपुर लाई बतायो।

विगतका संस्करणलाई हेर्ने हो भने कार्यक्रममा विशेषगरी भारतका राजनीतिज्ञ, चर्चित कलाकार, लेखक तथा खेलाडीहरुको सहभागिता रहँदै आएको छ। कार्यक्रममा आगामी शनिबार लखनऊमा हुने उक्त कार्यक्रममा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, भारतका गृह मन्त्री राजनाथ सिंह, उत्तरप्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव, बलिउड अभिनेत्रीद्वय काजोल र रविना टण्डन लगायतले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

दाहाल कार्यक्रममा सहभागी नहुने निश्चित भइसके पनि मंगलबार मध्यान्हसम्म आयोजकको वेभसाइटमा उनलाई वक्ताहरुकै सूचीमा राखिएको छ।

प्रकाशित : भाद्र १२, २०७५ १५:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT