नेकपाकी नेतृ पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नेता उमा भुजेललाई बालाजुबाट पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले भुजेललाई पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार अहिले भुजेललाई काभ्रे लगिँदै छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रविराज खड्काका अनुसार गत वैशाखमा क्रसर उद्योगी कुन्साङ लामाको ट्रिपर र जेनेरेटर जलाएको घटनामा संग्लनता देखिएकाले पक्राउ गरिएको हो।

Yamaha

प्रहरीले यसअघि पनि सोही मुद्दामा सोही पार्टीका नेता खड्गबहादुर विश्वकर्मालाई पनि पक्राउ गरेको थियो। जिप्रका काभ्रेका अनुसार यही घटनामा संग्लन नेकपाका एक दर्जन भन्दा धेरै नेताको संग्लनता देखिएको छ। प्रहरीले घटनामा संग्लन अन्य नेताको पनि खोजी तीव्र पारेको छ।

प्रकाशित : भाद्र १२, २०७५ १८:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

चुरेका गाडी दुरुपयोग, छानबिन गर्न मन्त्रालयको ध्यानाकर्षण

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय गौरवको कार्यक्रमभित्र पर्ने ‘राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति’मा सवारी साधनको अत्यधिक दुरुपयोग भएको भन्दै छानबिनका लागि वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराइएको छ । 

सवारी साधन दुरुपयोग गर्ने चुरे समितिका पदाधिकारीहरु । तस्बिरः राष्टपति चुरे तराई-मधेस स‌ंरक्षण विकास समितिको वेभसाईट ।

चुरे समितिका पदाधिकारीले प्रयोग गर्दै आएका सेतो प्लेटका सवारी साधन (स्कारपियो) र इन्धनको महिनौंदेखि दुरुपयोग भए पनि नियन्त्रणमा ध्यान नपुगेको भन्दै तत्कालन छानबिन गर्न समितिले मन्त्रालयको ध्यानाकर्षण गराएको हो। वन तथा वातावरण चुरे समितिको सम्पर्क मन्त्रालय हो।

अध्यक्ष वीरेन्द्र यादवले दुरुपयोग नियन्त्रण गर्नुपर्नेमा आफैं उल्लंघन गर्दै हिँडिरहेको स्रोतको दाबी छ। राज्यमन्त्री सरहको सेवा सुविधा पाएका उनले प्रयोग गर्ने बा २ झ २९८१ नम्बरको गाडी चुरेका काममा भन्दा उनको घरायसी काममा प्रयोग हुने गरेको उनका चालकले चुरे समिति उजुरी गरेका थिए।

‘अध्यक्षको गाडी छोरालाई नेम्स कलेजमा पुर्‍याउने र ल्याउने काममा बढी प्रयोग हुन्छ’ उजुरीमा भनिएको छ, ‘कहिलेकाँही कार्यालय आउनेबाहेक धेरैजसो निजी काममै प्रयोग हुने गरेको छ।’ उनले मासिक २ सय लिटर तेल प्रयोग गर्ने गरेका छन्। त्योबाहेक पनि अध्यक्ष यादवले इन्धन दाबी गर्ने गरेका छन्।

चुरे समितिका सदस्य रामदयाल यादवले प्रयोग गर्ने बा २ झ १२७४ नम्बरको गाडी पनि आफन्तलाई घुमाउन र सपिङ गर्ने प्रयोजनमा मात्र प्रयोग हुने गरेको उजुरीमा छ। अर्का सदस्य विदुर भारतीले प्रयोग गर्ने बा २ झ २०९९ नम्बरको गाडी चुरेको कार्यक्षेत्र नभएको सिन्धुपाल्चोकमा बढी गुड्ने गरेको छ। सिन्धुपाल्चोक भारतीको गृहजिल्ला हो। उनको कार्यक्षेत्र प्रदेश ५ र ७ भए पनि कार्यक्षेत्रम कमै मात्र पुग्ने गरेको स्रोतले बतायो।

अर्की सदस्य दीपा प्रधानले पनि बा २ झ १२६९ नम्बरको गाडी छोरी स्कुल पुर्‍याउने र कन्सल्टेन्सी प्रयोजनमा बढी गुडाउने गरेकी छन्। जबकी सदस्यहरुले समितिमै बसेर (१० बजेदेखि ५ बजेसम्म) कार्य सम्पादन गर्नुपर्ने टिओआरमा उल्लेख छ।

सदस्य मोतिलाल रिजालले पनि बा २ झ १२७० नम्बरको गाडी कन्सल्टेन्सी गर्न र पारिवारिक घुमाउने काममा प्रयोग गर्ने गरेको उजुरीमा उल्लेख छ। त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक रहेका रिजाल बिदा लिएर राजनीतिक नियुक्ति लिई चुरेमा आएका हुन्।

सदस्यहरुले सहायकमन्त्री सरहको सुविधा पाउने चुरे गठनादेशमा उल्लेख छ। सदस्यहरुले फिल्ड अध्ययन भन्दै घरमा समय बिताएर भ्रमण भत्ता लिने गरेको समेत उजुरीमा छ।

करिब दुई साताअघि समितिको सदस्य–सचिवमा सरुवा भएका सह-सचिव पेमनारायण कँडेलले पनि विगतमा चुरेका गाडी अनावश्क रुपमा प्रयोग भएको पाइएकाले आइन्दा नीजी काममा गाडी प्रयोग नगर्ने भनेर निर्णय नै गरिएको कान्तिपुरलाई जानकारी दिए।

‘प्रधानमन्त्री कार्यालयबाट खर्च कटौती निर्देशिका पनि प्राप्त भएकाले अनावश्यक रुपमा सवारी र इन्धन प्रयोग नगर्ने औपचारिक निर्णय नै गरिएको छ’ उनले भने।

प्रकाशित : भाद्र १२, २०७५ १८:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT